कैलाली- कञ्चनपुरका विधालय र क्याम्पसमा चिसोको कारण विदा

bimbonline बिम्ब अनलाइन
२०८० पुष २४ ०८:४९ बजे

धनगढी। कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।बिधालय र क्याम्पसमा विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि विधालय र क्याम्पसहरुमा पौष २३ गते देखि १५ दिनको चिसो ( हिउँदे) विदा  गरेको कुरा कैलाली वहुमुखी क्याम्पसका विधार्थी मोहन जाग्रीले बिम्व अनलाइन लाई वताएका छन।

बिहानदेखि दिउसो १ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो। कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन्।

बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ। सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन ट्रयाक्टर चालक मानबहादुर डगौराले भने, त्यही भएर बिहानै बालुवा बोक्न महाकालीतर्फ जान्थ्यौँ, हाल ढिलोगरी जाने गरेका छौँ, चिसो पनि त्यतिकै छ। पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुवाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ।विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन्। 

२०८० पुष २४ ०८:४९ बजे

प्रतिक्रिया