माध्यामिक तह सम्म मदरसा शिक्षा पठाइ गर्न माग

bimbonline बिम्ब अनलाइन
२०८० पुष २३ १९:०३ बजे

काठमाडौँ । मुस्लिम समुदायका अगुवाहरुले माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ हुनुपर्ने माग गरेका छन् ।सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै मुस्लिम समुदायका अगुवाहरुले माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ हुनुपर्ने बताएका हुन् ।

उनीहरुले परम्परागत धारका विद्यालयहरुका लागि भिन्दै परम्परागत शिक्षा बोर्ड गठन गर्न माग गरेका छन् । सो बोर्ड अन्तर्गत गुरुकुल महाशाखा, मद्रसा महाशाखा र गुम्बा महाशाखाको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा बोल्दै मद्रसाका प्रतिनिधि मोहम्मद निजामुद्दिनले मद्रसा शिक्षाको हकमा अरबी तथा धार्मिक विषयको माध्यम भाषा अरबी र उर्दु हुनुपर्ने बताए ।

मदरसामा प्रधानाध्यापकको नियुक्ति गर्दा मुस्लिम समुदायकै व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताए । त्यसैगरी मदरसा शिक्षकको हकमा मदरसाबाट शिक्षा प्राप्त गरेका शिक्षकहरु आल्मियत कक्षा उत्तिर्ण गरेकोलाई स्नातक र फजिलत कक्षा उत्तिर्ण गरेकोलाई स्नात्तोकत्तर सरहको मान्यता दिनुपर्ने पनि उनले बताए ।उनले आफूहरुको धार्मिक पुस्तक अरबी भाषामा भएकोले अरबी भाषामा अध्ययन गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए ।


२०८० पुष २३ १९:०३ बजे

प्रतिक्रिया