नेपालमा अत्यधिक भारका भारतीय सवारी, सरकार मुकदर्शक

bimbonline बिम्ब अनलाइन
२०८० पुष २२ १९:०७ बजे

काठमाडौं । नेपालमा अत्यधिक भार क्षमता भएको भारतीय मालबाहक सवारी साधनको निर्वाध रुपमा सञ्चालन हुन्छन् ।भारतबाट निर्वाध रुपमा सञ्चालन हुने अत्याधिक भार क्षमताको सवारीका कारण नेपालका ट्रक ब्यवसायी मात्रै मारमा परेका छैनन्, नेपालको सडक, पुल, पुलेसा लगायतका पूर्वाधारहरु क्षतिग्रस्त भएका छन् ।यता, मुलुक संघीयतामा गएपछि प्रदेश तथा नगरपालिका पिच्छे नै करको अनावश्यक भार थपिएको चिन्ता पनि यातायात ब्यवसायीहरुलाई परेको छ ।

शनिवार नेपाल ट्रक तथा यातायात ब्यवसायी महासंघको १६ औ साधारण सभामा सहभागी यातायात ब्यवसायीहरुले यातायात पूर्वाधारको विकासमा सरकारले ध्यान नदिएको भन्दै गुनासो पोखे ।मालबाहक सवारी साधन निर्देशिक २०७२ को कार्यान्वयन नहुँदा अधिक भारवहन सवारी साधनको निर्वाध प्रवेश भइरहेको गुनासो ब्यवसायीहरुले गरे । नेपालको सडक, पुल तथा यातायातका भौतिक पूर्वाधार कमजोर रहेको समेत उनीहरुले गुनासो गरिरहेका छन् ।

सरकारले भने सार्वजनिक यातायातका समस्यालाई समाधान गर्न आफूहरु गम्भीर रहेको बताइरहन्छ । मुलुकको सार्वजनिक यातायातका समस्यालाई समाधान गर्न सरकार गम्भीर रुपमा लागेको र सडक कतिपय पुराना ऐनहरुलाई परिवर्तन गरेर सरकार अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बताउँछन् ।भौतिक पूर्वाधार तथा सडक यातायातको क्षेत्रमा समस्याहरु रहेको जनप्रतिनिधिहरु पनि स्वीकार्छन् । जनस्तरमा रहेको समस्याहमा सरकार बेखबर बनेको उनीहरु बताउँछन् ।

सरकारले मापदण्ड बिपरितका भारतीय गाडीको प्रवेशलाई रोक्न नसकेको सांसद शिव नेपाली बताउँछन् । मुलुक भित्र सार्वजनिक यातायातलाई ब्यवस्थित बनाउन सरकारले आवश्यक वातावरण र ब्यवसायमैत्री वातावरण बनाउनु पर्ने कतिपयको धारणा छ ।सडकको संरक्षण तथा मर्मत सम्भार गर्न नसक्दा सडक यातायात क्षेत्रमा अनगिन्ती समस्याहरु रहेका छन् । नेपालमा आम नागरिकको जनजीवनसंग जोडिएको सार्वजनिक यातायात सेवालाई जनस्तरमा प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्र दुवैको महत्वपूर्ण जिम्मेवारी रहेको


२०८० पुष २२ १९:०७ बजे

प्रतिक्रिया