वेरोजगारलाई गोली होइन काम देऊ गृहमत्री श्रममत्रीले राजिनामा देऊ

वैदेशिक रोजगार विभागका कर्मचारी शान्तिपुर्ण प्रदर्शनमा अत्याधिक वल प्रयोग गर्ने प्रहरी कमाण्डर लाई तत्काल निलम्वन गरी छानविन गर

bimbonline बिम्ब अनलाइन
२०८० पुष १४ ०९:०८ बजे

 सम्पादकीय - नेपालमा सरकारले युवाको योग्यता  क्षमता  कार्यदक्षताका आधारमा काम दिन सक्नु ,आफ्नै प्रयास पहल प्रयत्नले केहि व्यवशाय गरेर स्वदेशमा नै वस्छु  वा कृषि लाइ व्यवशायीकरण उधोगिकरण गरेर उत्पादन गरि देश समाज घरमा नै वस्छु भन्ने युवाहरुको व्यवशाय वा उत्पादनले भारतिय कृषि उत्पादन सँग नेपाली वजारमा प्रतिशप्रर्धा गर्न नसकेका कारण र भारतिय उत्पादन निविवादरुपमा नेपाली वजारमा आएका कारण नेपाली व्यवशायीहरुको विभिन्न व्यवशायहरु घरासय भएको अवस्थामा वैङक र साहुको ऋण तिर्न नसकिने अवस्था सृजना भए पछि अन्तिममा वाध्य भएर अधिकाशँ नेपाली युवा विदेशिन वाध्य छन।

नेपालमा नै युवाहरुको रुचि क्षमता वा दक्षता अनुसार के काम कसरी गर्न दिने सरकारको तर्फ वाट त्यसका लागी के कस्ता कार्यक्रम ल्याएर कार्यान्वन गर्न सकिन्छ भन्ने तर्फ सँसदिय व्यवस्था भित्रको दलाल सरकारको कुनै चिन्ता चासोको विषय हुने सकेको छैन। त्यसले कुनै स्वरोजगारीमा परिणाम देखिन गरी कुनै काम पनि  गर्ने सकेको छैन।

यस्तो अवस्थामा वैङ्क तथा साहूको ऋण तिर्न नेपाली युवाहरुले विदेश पलायन हुन यो दलाल सरकारले वाध्य पारेको छ। कोरिया जानका लागी भाषा परिक्षा पास गर्नु पर्ने हुन्छ। एक परिक्षामा सहभागी भएको परिक्षार्थीले अर्को परिक्षामा सहभागी हुने नपाउन्ने भन्ने व्यवस्थानै गैरकानुनी भएको हुदा अदालतले सो कुरा लाइ लागु नगर्नु इच्छाभएका सवै लाइ परिक्षामा सहभागी हुन दिनु भनि  अदालतले आदेश गरेको अवस्थामा श्रम तथा वैदेशिक रोजगार विभागका कर्मचारी  र प्रहरी कमाण्डरको अकमव्यता, गम्भिर लापरवाहिका कारण सवै परिक्षार्थीहरु परिक्षामा  सहभागीहुन पाउँ भनि शान्तिपुर्ण प्रर्दशनमा उत्रिएका थिए। उनिहरुको न्यायपुर्ण मागपुरा गर्नुको सट्टा सरकारले वन्दुकको गोली हानी दुइ जनाको हत्या गरि कुर दमन गर्यो। आफ्ना न्यायोचित माग दमन गरे पछि आक्रोशित  प्रदर्शनकारीले  सरकारी गाडीमा आगजनी गर्न पुगे। 

प्रदर्शनकारीहरु लाई प्रहरीले दमन गरे पछि  केहि प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वाला लाई पार्टी अफिसमा पुर्याएर फर्किदै गरेको गाडीमा आगजनी गरे पनि प्रहरीले सँयमता अपनाउदै भिड लाई विस्तारै नियत्रणमा लिनुपर्नेमा प्रहरीहरुले लाठी असुग्यास गोली प्रहार गरी  अत्याधिकवल प्रयोग गरेका कारण दैलेकका सुजन राउत अछामका विरेन्द्र शाह गरी दुइ जनाको दुःख निधन भएको छ। सरकारको यो फासिवादी शैली हो शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीका ज्यान जाने गरी सरकारले जुन वल प्रयोग गरे त्यसको सवै तह तप्का वाट घोर निन्दा भत्सना गरिनु पर्छ। मृतकका परिवारजन लाइ न्यायचित क्षतिपुर्ति घाइतेहरुको निःशुल्क उपचार र गिरफ्तार गरेको रिहा गर्नु पर्छ।

वैदेशिक रोजगार विभागका कर्मचारी जसका कारण परिक्षार्थीहरुले प्रदर्शन गर्नपर्ने अवस्था सृजना भयो यिनिहरु लाई  र शान्तिपुर्ण प्रदर्शनमा अत्याधिक वल प्रयोग गर्ने प्रहरी कमाण्डर लाई तत्काल निलम्वन गरी छानविन गरि  नैतिकताका आधारमा गृहमन्त्री नारायण काजी श्रेष्ठ र श्रम मन्त्री शरद सिह भण्डारी तत्काल राजिनाम गर।


२०८० पुष १४ ०९:०८ बजे

प्रतिक्रिया