प्रहरीको गोली लागी एक जना प्रर्दशनकारीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० पुष १३ १५:०८ बजे

ललितपुर। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेकोले  बताए । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै  मन्त्री प्रकाश ज्वालाको  सवारीसाधनमा आगजानी गरेका थिए ।

देशमा युवाहरु वेरोजगारीको भयाभह अवस्था रहेको हुदा रोजगारीका लागी कोरिया जानका लागी  इपिएस परिक्षामा सहभागी हुन नपाए पछि आक्रोसित युवाहरुले स्वस्फुतरुपमा प्रर्दशन गरेका थिए।


२०८० पुष १३ १५:०८ बजे

प्रतिक्रिया