मदिरा पिउँदा अंग्रेजी भाषा बोल्न सजिलो हुने भन्ने के हो ? (तथ्य सहित )

मदिरा पिउँदा अंग्रेजी भाषा बोल्न सजिलो हुने भन्ने के हो ? (तथ्य सहित )

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १६:१४ बजे
मदिरा पिउदा

काठमाडौं । अहिले त सबैले अंग्रेजी बोल्न अनिर्वा जस्तै भएको छ । कतिपयले जानेर होस् वा नजानेर होस् अंग्रेजीबोल्ने गर्दछन् ।  हामि नेपालीहरुको  मोलीक  भाषा अंग्रेजि नभएपनि  अहिले नेपालमा पनि  अंग्रेजी बोल्नु अनिर्वा भएको छ ।   

जानेर भएपनि  कतिपयले अंग्रेजी बोल्न सक्दैनन् । कतिपयले नजाने पनि  अंग्रेजी बोल्न खोज्दछन् । एक अनसुन्धानले विदेशी भाषा बोल्न गाह्रो मान्ने व्यक्तिहरुले ठिक मात्रामा मादक पदार्थ सेवन गर्दा उक्त भाषा राम्ररी बोल्न सक्ने निष्कर्ष निकालेको छ।

 बियर वा एक ग्लास वाइनले डरलाई घटाउँछ। त्यस्तै मानिसमा देखिने चिन्ता वा संकोच पनि मादक पदार्थको कारण घटेर जाने  अनुसन्धानबाट खुल्न आएको छ ।

यस्तै मादक पदार्थ सेवनबाट कग्निटिभ र मोटरु कार्यप्रणालीमा ह्रास ल्याउने र मान्छेको स्मृति र ध्यानमा नकारात्मक असर पार्ने पनि  अनुसन्धानबाट खुल्न आएको छ ।  यसबाट मादक पदार्थ सेवन गरेकाहरु अत्याधिक आत्मविश्वासी बन्ने र आत्ममूल्यांकन गर्न बाध्य हुने देखिएको छ।

जर्नल अफ साइकोफार्माकोलोजीमा डच र ब्रिटिस अनुसन्धानकर्ताहरुले गरेको अनसुन्धान प्रतिवेदन प्रकाशित भएको थियो। अनुसन्धानबाट कम मात्रामा मादक पदार्थ सेवन गर्दा मानिसहरु  राम्ररी विदेशी भाषा बोल्ने गरेको पाइएको छ।

जर्मनीसँग सीमा जोडिएको नेडरल्यान्डसस्थित मासट्रिसिट विश्वविद्यालयमा अध्ययनरत ५० जर्मन भाषी उक्त अनुसन्धानमा सहभागी भएका थिए। अनुसन्धानका क्रममा उनीहरु सबैले कक्षाहरु डच भाषामा पढाइने भएकाले कहिलेकाँही मादक पदार्थ सेवा गर्ने गरेको बताए।  परीक्षामा उनीहरुले भाषाका कारण राम्रो अंक ल्याएका थिए।

अनुसन्धानमा सहभागी सबैलाई डच भाषा बोल्ने विज्ञले दुई मिनेट अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ता लिनु अघि आधा विद्यार्थीहरुलाई पानी पिउन दिइएको थियो भने बाँकी आधालाई मादक पदार्थ सेवन गर्न दिइएको थियो। मान्छेको तौल अनुसार उनीहरुलाई मादक पदार्थ दिइएको थियो। १५० पाउन्डको व्यक्तिलाई एउटा बियरमात्र दिइएको थियो। उनीहरुसँग गरिएको कुराकानीहरु रेकर्ड गरिएको थियो।

अन्तर्वार्ता लिइरहेका दुई डच भाषीले सहभागीहरुले बोलेको आधारमा मूल्यांकन गरेका थिए तर कुन सहभागीले मादक पदार्थ सेवा गरेको छ भन्ने बारे उनीहरुलाई थाहा थिएन। सहभागी विद्यार्थीहरुलाई उनीहरुले गरेको प्रदर्शन र बोलेको बारे आफैलाई मूल्याङ्क गर्नसमेत लगाइएको थियो।

मादक पदार्थ सेवनले सहभागीहरु आफैले गरेको मूल्यांकनलाई प्रभावित गरेन। मादक पदार्थ सेवन नगरेकाहरुले भन्दा गरेका सहभागीहरुमा आत्मविश्वासको कमी हुनुका साथै आफ्नो अन्तर्वार्ता प्रति सन्तुष्ट देखिएका थिए। उनीहरुले बोलेको रेकर्डिङ सुनेकाहरुले भने सहभागीहरुले राम्रो प्रदर्शन गरेको बताएका थिए।

अन्तर्वार्ता लिने डच भाषीहरुले पानी पिउने भन्दा मादक पदार्थ सेवन गरेका सहभागीहरुले राम्री डच बोलेको मूल्यांकन गरेका थिए। दुवै समूहका सहभागीहरुले व्याकरण, वादविवादमा समान अंक प्राप्त गरेका थिए।

सहभागीहरुलाई कम मात्रामा मादक पदार्थ सेवन गर्न दिइएको तर यदि मात्रा धेरै भएको खण्डमा सकारात्मक असर ल्याउन नसक्ने  अनुसन्धानकर्ताहरले बताएका छन् ।  प्रतिवेदनमा उनीहरुले मादक पदार्थ धेरै सेवन गर्दा भाषा राम्ररी बोल्न नसक्ने र अड्कने  बताएको छ ।

अनुसन्धानमा सहभागी विद्यार्थीलाई आफूले के खाइरहेको छ भनेर थाहा भएकाले मादक पदार्थको प्रभावका कारण उनीहरुलाई आफ्नो भाषा सुध्रेकोबारे थाहा हुन नसक्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ। भविष्यमा अनुसन्धान गर्दा मादक पदार्थको प्लेसेबो अवस्था निर्धारण हुने गरी अनुसन्धान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

यो अनुसन्धानबाट आएको निष्कर्ष जर्मन भाषा बोल्ने मानिस र डच सिकिरहेकाहरुका लागि अनौठो नहुने भन्दै यो अध्ययनलाई अरु समूहमा पनि लागू गरिनुपर्ने अनुसन्धानकर्ताहरुको तर्क  रहेको छ ।  यो विधिलाई अरु अनुसन्धान प्रतिवेदनहरुले पनि साथ दिएको छ ।

सन् १९७२ मा गरिएको एक अनुसन्धानमा थोरै मात्रामा मादक पदार्थ सेवन गर्दा अमेरिकीहरुले राम्ररी थाई भाषा बोल्ने गरेको फेला परेको थियो। उनीहरुको निष्कर्ष छ “कम मात्रामा मादक पदार्थ सेवन गर्नले विदेशी भाषा बोल्ने मान्छेहरुले उक्त भाषा राम्ररी बोल्न सक्छन्।”

२०७९ भदौ ३ १६:१४ बजे

प्रतिक्रिया