बिजुलीको खम्बामा बाँधेर श्रीमतीमाथि कुर यातना

bimbonline बिम्ब अनलाइन
२०८० पुष १० १५:२२ बजे

सिन्धुली।   सिन्धुलीमा श्रीमतीलाई बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा श्रीमान पक्राउ गरेका छन् । कमलामाई नगरपालिका–४ की शारदा थापालाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गर्दै आएका सन्तोष थापा पक्राउ परेका हुन् । 

कुटपिटमा सन्तोषलाई सहयोग गर्ने अन्य सात जनालाई पनि पक्राउ गरिएको छ । सामान्य लेनदेनको विषयमा कुरा नमिल्दा विवाद सुरु भएको र सोही कारण सन्तोषले श्रीमती शारदालाई पोलमा बाँधेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।अत्यधिक कुटपिटका कारण शारदाको शरीरभर निलडाम बसेको छ भने स्वास्थ्य अवस्था कमजोर बन्दै गएको प्रहरीले जानकारी दिएको छ । शारदा छोरासँग काठमाडौंमा बस्दै आएकी थिइन् ।



२०८० पुष १० १५:२२ बजे

प्रतिक्रिया