सुदूरपश्चिम वाताइ (वात)को लोककथा सँङ्ग्रह प्रकाशित

bimbonline बिम्ब अनलाइन
२०८० पुष ९ १२:३२ बजे

डडेल्धुरा। हिउँदका लामा लामा राति विताउन मानव जातीको विकासक्रममा भएको विभिन्न घटनाहरु का वारेमा आ-आफ्नो घरमा आगो ताप्दै घरका वुढापाखाहरुले नयाँपुस्ताहरु( केटाकटीहरु) लाई सुनाउदै आएका विभिन्न कथा काहानीहरु समाजमा पुस्तौ पुस्ता देखा वोली चालिको प्रचलनमा रहेको अवस्था  थियो।

अहिलेको प्रविधि र सञ्चालनको विकास नभएको अवस्थामा हिउँदका लामा रात विताउने माध्यम वातहरु नै थिए।  तिनै वातहरु अहिले पुस्तामा हराउदै गरएको अवस्थामा  सुदूरपश्चिम विश्वविधालयको भाषा , साहित्य तथा सँस्कृति अध्ययन केन्द्र महेन्द्रनगरले  सुदूरपश्चिमका वात लोककथा सङग्रह प्रकाशित गरेका छन।

यस पुस्तकमा अछामी वत्तिस,कञ्चनपुरका एघार,कैलालीमा थारुलोक कथा एकाइस,डडेल्धुराका त्रिहत्तर,डोटेली त्रिपन्न,दार्चुलाका दश,वझाङ्गी पैचालिस वाजुरेली वाह्र वैतडेली छत्तिस गरी दुइ सय त्रिनव्वे लोक  कथाहरुको सँकलन गरी  पाँच सय वयालिस पृष्ठको किताव प्रकाशित गरेका छन। जसको वजार मुल्य ५५० निर्धारण गरिएको छ।

सुदूर पश्चिमका समाजमा अलिखितरुपमा रहेको यि वात कथा काहानीहरु लाई विश्वविधालयले कितावमा सँकलन गरी प्रकाशन गर्नुले नयाँ पुस्तामा यि वातहरु सँस्थागतरुपमा विकास भएर जाउन लोप नहुने भन्ने ध्येयले किताव प्रकाशित गरेको कुरा सुप विश्वविधालय कार्यकारणी परिषदका सदस्य हरिकृष्ण कठायतले वताउनका छन।


२०८० पुष ९ १२:३२ बजे

प्रतिक्रिया