न्यायाधीश तिमीमा

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० पुष ६ १५:१४ बजे

नेपालगञ्ज ।

जनताको बिश्वसनीय धरोहर

आस्थाको मन्दिर भनेकै 

न्यायपुञ्ज न्यायपालिका हो

स्वतन्त्र, निश्पक्ष र उचित 

न्यायको मार्ग भनेकै

अदालत र न्यायिक निकाय हो ।

जहाँ जनताका अधिकार र

स्वतन्त्रताको संरक्षण हुन्छ

नागरिक हकको जगेर्ना हुन्छ

मौलिक हकको रक्षा,

उपचार र संवर्धन हुन्छ

मानव अधिकारको

संरक्षण हुन्छ

हरेक नागरिक र निकायको

बिवादको समाधान हुन्छ 

लोकतन्त्रकै रक्षा हुन्छ ।

न्यायालयबाटै बिवादको

न्यायसंगत निर्णयको अपेक्षा हुन्छ

चित्त बुझ्दो फैसलाको निश्चितता हुन्छ

मितब्ययी, कम खर्चिलो र सिघ्र

प्रभावकारी न्यायको आशा हुन्छ ।

अमुर्त न्यायालयलाई

अनि अमूर्त संबिधान कानून नियम

कार्यबिधी, निर्देशिका अनि

अमूर्त संबिधान र कानूनका 

हरफ वाक्य र शब्द

अमूर्त मूल्य मान्यता रिती

प्रथा परम्परालाई मूर्त रुप दिने

ईश्वरीय अंश र दुत अनि

अनि खेल जगतमा अम्पाएर जस्तै

ठिक बेठिक छुट्याउने

सहि गलत छुट्याउन सक्ने

एक बिवेकशील ब्यक्तित्व 

अदालतको गहना भन्नू न्यायाधीश हुन् ।

यी सबै संभव एक अशल,

सुयोग्य, क्षमतावान, निस्वार्थि

न्याय र न्यायालयको पुजारी

न्यायाधीश बाट संभव छ

जो कसैको प्रभावमा पर्दैन

जो कोहि कसैको दवावमा पर्दैन

जसले कहिले अभावको महसुस गर्दैन

जसले न्याय टेढोमेढो 

गर्दैन भन्ने जनतामा बिश्वास हुन्छ ।

न्याय तलमाथि पार्दैन भन्ने 

आम नागरिकमा आशा छ

न्याय बेचिदैन भन्ने भरोषा छ

न्याय बितरणमा साना ठुलाबिच

भेदभाव र असमानता हुँदैन भन्ने

सर्बसाधारणमा भर पत्यार छ

नजिक र टाढाको भन्ने

आफ्नो र पराया भन्ने

पूर्वाग्रह राखिदैन भन्ने सोच हुन्छ ।

सबैको कुरा सुन्छ भन्ने बिश्वास हुन्छ

सबैलाई समान समय दिन्छ भन्ने

सर्वब्यापक मान्यता हुन्छ

सबैलको उचित कुरा उचित ठाउँबाट

सुनुवाई हुन्छ भन्ने बिश्वास हुन्छ ।


यसैले एक जनताका सर्वपुजित संस्था 

न्यायालयका न्यायाधीश हौ तिमी

कहिलेपनि न्यायालय र 

न्यायाधीश माथिको 

बिश्वास घट्न नदिनु

न्यायालय र न्यायाधिस माथिको

आशा भरोषाको ओजलाई 

बिचलित हुन नदिनु ।


न्यायालय र न्यायाधीश अनि

न्यायालय र न्यायक्षेत्रमा काम गर्ने

कर्मचारी र जनशक्तिप्रति

जनताको बिश्वास जगाउने

आफ्ना नागरिकको आस्था जगाउने

हात र नेतृत्व तिमीमै छ

आफ्ना नागरिक र 

सबै निकाय, अधिकारीमा

न्यायालय र न्यायाधीशप्रति

आस्थाको दियो बालीरहने

जिम्मेवारी तिमीमै छ।



२०८० पुष ६ १५:१४ बजे

प्रतिक्रिया