उच्च मावि सञ्चालनार्थ जनस्तर वाट जम्मा भयो ८ लाख ५० हजार सहयोग

स्थानिय तह प्रदेश सरकार र केन्द्रिय सरकार वाट विधालय सञ्चालन गर्न विगत दुइ वर्ष देखि खासै आर्थिक सहयोग तथा अनुदान रकम प्राप्त नभएको।

bimbonline बिम्ब अनलाइन
२०८० पुष ४ २०:०४ बजे

डडेल्धुरा ।आशु भण्डारी, डडेल्धुरा जिल्लाको परशुराम नगरपालीका वार्ड न. ८ जमरानीको वैजनाथ मावि लाई जनस्तर वाट आर्थिक सहयोग सँकलन गरी सञ्चालन गर्ने उदेश्यका साथ विधालयको ४३औँ वार्षिक उत्सव २०८० पौष १ गते देखी ३ गते सम्म सञ्चालन भएको थियो।

स्थानिय तह प्रदेश सरकार र केन्द्रिय सरकार वाट विधालय सञ्चालन गर्न विगत दुइ वर्ष देखि खासै  आर्थिक सहयोग तथा अनुदान रकम प्राप्त नभए पछि विधालय वन्दहुने अवस्था सृजना भएको हुदा विधायलले आफ्नो ४३औँ वार्षिक उत्सवमा सन्दर्भमा घर न धाट भन्ने नाटक पनि प्रस्तुत गरेका थिए।   उच्च मावि सञ्चालनार्थ विधालयको पुर्व विधार्थीहरु ,अभिभावकहरुले देश विदेश वाट सम्भव भएकाले स्वयम विधालयमा उपस्थित भएर  सम्भव नभएकाहरुले देश विदेश वाट विधालयको खाताका रुपिया पठाएर विधालय लाई आर्थिक सहयोग गरेको कुरा आर्थिक समितिका सहसँयोजक मनोज कार्कीले  वताए।

करिव तिन सय चन्दादाताहरुले दुइ सय पचास रुपिया  देखी  एकलाख एक सय एधार रुपिया चन्दा दिएका छन। नर वहादुर विष्टले आफ्नो नाममा एक लाख एक हजार एक सय एधार रुपियाको छात्रावृत्ति अक्षयकोषको स्थापना गरेको रकम सहित जम्मा आठ लाख पचास हजार रुपिया विधालयमा जनस्तर वाट आर्थिक सहयोग प्राप्त भएको कुरा विधालयका प्र.अ. तेज वहादुर विष्टले वताए।

वार्षिक उत्सव कार्यक्रममा चन्दादाता, पुर्व शिक्षकहरु, विधालय व्यवस्थापन समितिक पुर्वअध्यक्षहरु ,जग्गादाता,शिक्षक स्टाप  लाई कार्यक्रमका प्रमुख तथा विशिष्ट, विशेष अथितिहरुले टिका माला र दोसल्ला ओडाएर सम्मान गरेको कुरा मनोज कार्किले वताए। कार्यक्रमा विधार्थीका विभिन्न समुह विच डेउडा प्रतियोगीत ,गिर तृत्य र नाटक पनि प्रस्तुत गरेका थिए।

विधालयको वार्षिक उत्सव समापन कार्यक्रमको प्रमुख अथिति नेकपा((एमाले)का केन्द्रिय सदस्य तथा सुप प्रदेशका पुर्व भौतिक पुर्वाधार मत्री पठान सिह वोहरा विशिष्ट अथितिमा नेकपा(मशाल)का केन्द्रिय सदस्य एव अधिवक्ता लाल वहादुर जाग्री विशेष अथितिमा इलाका प्रहरी कार्यालय जोगवुडाको प्रहरी निरक्षक गँगन सिह भाट, गोपाल सिह धामी नेकपा(एमाले)का दुर्गा  गिरी समेतका हुनुहुन्थयो। कार्यक्रमको अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर विष्ट सञ्चाल शिक्षक देव वहादुर धामी, चन्दादाताको नाम वाचन शिक्षक लाल वहादुर नेगीले गरेका र कार्यक्रममा विधार्थी अभिभवाक अथिति लगायत हजारौ जनाको उपस्थिति रहेको कुरा जेष्ठ शिक्षक जोग सिह धामी ले वताएका छन।

२०८० पुष ४ २०:०४ बजे

प्रतिक्रिया