सरकारी निकायको सहयोग विना सामुदायिक स्तरमा वैजनाथ उच्च मावि जमरानी सञ्चालन

विधालय सँञ्चालन गर्न रचनात्मक गधिविधि हुदै , सत्तासिन नेता प्रति आश मर्दै

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २९ १४:५४ बजे

डडेल्धुरा।  तत्कालिन जोगवुडा गाउँपञ्चायत वार्ड न. ५ जमरानीमा कुनै  विधायलय पनि नभएको अवस्थामा स्थानिय समाजसेवीहरुको प्रयास पहलमा गँगन सिँह नेगीले आफ्नो  जग्गाको केहि स्कुललाई दानवक्स गरी २०३७ सालतिर वैजनाथ प्रा.वि. विधालय स्थापना भएको थियो। सोको प्रारम्भमा  स्थानिय व्यक्तिहरु नर वहादुर वोहरा (नकाली) ,गम्भिर सिह ठगुन्ना, रण वहादुर सिहले पनि स्वयम सेवक शिक्षकको रुपमा विधालयमा अध्यापन गरेको कुरा स्थानियले वताए।

वैजनाथ विधालय करिव त्रिचालिस वर्ष पछि पुर्ण मावि अर्थात ११ र १२ सम्मको अध्यायन अध्यापन भइ रहेको छ। कक्षा ११ मा सत्ताइस र  कक्षा १२ मा उन्नपचास जना विध्यार्थीहरुले नियमित क्लास लिइ रहेको र  उनी सवै जनाले आफ्नो घरवाट नै विधायल आउन जाउने गरेको कुरा सोहि विधालयका शिक्षक अर्जुन धामीले वताउनु भयो।

वैजनाथ मावि जमरानीको कक्षा ११ र १२ मा पाँच जना शिक्षकले पढाउने गरेका छन। उनीहरु मध्ये परशुराम नगरपालीकाले वार्षिक चार लाख पचास हजार र वार्ड न. ८ ले वार्षिक दुइलाख पचास हजार शिक्षक अनुदान रकम दिए पनि यो प्रयाप्त नभएको कुरा वार्ड न. ८ का वार्ड अध्यक्ष दिनेश जोशि ले वताए।

विधालयमा कक्षा ११ र १२ मा पठाउने सरहरुको तलवमा मात्र वार्षिक प्रन्धलाख खर्च हुने गरेको नगरपालीकाले दिने भनेको रकम आज सम्म प्राप्त नभएले विधालय सञ्चालन गर्न विधायलयको वार्षिक उत्सव यहि पौष १ गते देखी ३ गते सम्म हुने सो अवसरमा आर्थिक सँकलन गर्नका लागी नाटक लगाउने कार्यक्रम रहेको सो नाटक वाट करिव प्रन्ध्र लाख रुपिया सँकलन गरिने कुरा विधायलका आर्थिक सँकलन समितिका सह सँयोजक मनोज कार्कीले वताए। सरकारी निकायहरु नगरपालीका ,प्रदेश सरकार, केन्द्र सरकारले विधालय सञ्चालन गर्न आवश्यक सहयोग नगरे पनि समुदाय स्तरमा रहेका यस स्कुलका पुर्व विधार्थी, देश विदेशमा रहि विभिन्न पेश व्यवशाय गरेर वसेका अभिभावकहरु वाट नाटक वा वार्षिक उत्सवको सन्दर्भमा रुपिया सँकलन गरेर विधालय सञ्चालन गरिने छ भनि मनोज कार्कीले भने।

जमरानीमा मावि र उच्च मावि नहुदा माविका लागी जोगवुडा पुन्तुरामा डेरा गरेर र उच्च मावि  शिक्षाका  लागी धनगढी महेन्द्रनगर काठमाण्डौमा आफ्ना वच्चाहरु लाई  डेरा गरेर पढाउन पर्ने अवस्था थियो। अहिले त्योअवस्था अन्त्य भएको र पुर्ण मावि लाइ जुनसुकै अवस्थामा सञ्चालन गर्नु पर्ने कुरा नेकपा(मशाल) का स्थानिय नेता धन वहादुर वोहराले वताए।


 


२०८० मंसिर २९ १४:५४ बजे

प्रतिक्रिया