सुदूरपश्चिमका तराईका जिल्लामा रेबिजको संक्रमण फैलिँदै

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २६ १९:१५ बजे

धनगढी। मङ्गलवार एकै दिन कैलाली र कञ्चनपुरमा तीन वटा चौपाया रेबिज पुष्टि भएको छ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा मरेको स्यालमा, धनगढी उपमहानगरपालिका वडा नम्बर १ को छाडा कुकुर र जानकी गाउँपालिका वडा नम्बर ७ मा गाईको बाच्छोमा रेबिज संक्रमण पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।  

‘कैलाली र कञ्चनपुरमा गत वर्ष ३९ चौपायामा रेबिज संक्रमण भएकोमा चालु आर्थिक वर्षको पाँच महिना नपुग्दै ४८ चौपायामा रेबिज पुष्टि भएको छ’, उनले भने, ‘घरपालुवा चौपायादेखि जङ्गली स्याल र बङ्गुरमा समेत रेबिज संक्रमण पुष्टि भएको छ।’ यो वर्ष कैलाली र कञ्चनपुरमा साउनयता ४८ पशु चौपायामा रेबिज पुष्टि भएको छ।


२०८० मंसिर २६ १९:१५ बजे

प्रतिक्रिया