पुर्णागिरी सहकारी सस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २४ ०७:१२ बजे


आँसु भण्डारी , डडेल्धुरा। डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा न. १ सलोन स्थित  पुर्णागिरी बचत तथा ऋण सहकारी सस्थाको १५औं बार्षिक साधारणसभा  शेयर धनीहरुको आम उपस्थितिमा सम्पन्न भएको छ।

परशुराम नगरपालिकाका सहकारी सस्था मध्ये पछिल्लो पटक गुणात्मक रुपमा सफलता हासिल गर्दै अघि बढिरहेको पुर्णागिरी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष केशबराज अवस्थीको अध्यक्षतामा सन्चालन गरिएको बार्षिक साधारणसभा वडा न.१ का वडा अध्यक्ष लाल बहादुर धामी (अपिल)प्रमुख अतिथि हुनुहुन्थ्यो ।बर्षभरिको आय ब्यय , आगामी बर्षका लागि नीति तथा कार्ययोजना र सहकारीमा विभिन्न माध्यम बाट सहयोग पुर्याउने सेयरधनी लाई फुलमाला दोसल्लाले सम्मान गरिएको थियो।

करिब पच्चीस लाख आर्थिक कारोबार रहेको सहकारीमा ३१५ सेयर सदस्य आबद्ध छन । हरेक बर्ष दश प्रतिशतका हिसाबले सेयर सदस्य बढाउदै लैजाने लक्ष्य सहित अघि बढिरहेको सहकारीमा २३ वटा समूह बाट मासिक बचत गरिन्छ।

सहकारी मार्फत दुना टपरी लगायत आय आजर्नमुलक कार्य योजना अघि बढाउने प्रमुख अतिथी वडा अध्यक्ष लाल बहादुर धामीले बताउनु भयो ।

त्रिबेणि क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथी नबराज नाथले अनिवार्य बचतले जिबनमा आइपर्ने समस्या  र  जोखिम लाई सहकारी र जीवन बिमाले न्यूनीकरण गर्ने  बताउनु भयो ।नितिनियम कागजमा मात्र सिमित नभै सहकारीका हितमा लागू हुनुपर्ने शिक्षक करबिर सिंह बोहराले जोड दिनु भयो।साधारणसभाका  अध्यक्ष केशबराज अवस्थिले नीति तथा कार्ययोजना  प्रस्तुत गर्दै आगमी दिनमा पुर्णागिरी बचत तथा ऋण सहकारी सस्थाले उल्लेखनीय काम गर्दै वडा न. १ का जनताका लागि मात्र नभै भित्रीमदेशबासीका लागि उदाहरणीय सहकारी बनाउदै लैजाने बताउनु भयो।


२०८० मंसिर २४ ०७:१२ बजे

प्रतिक्रिया