प्रसँगवस सैनिक हिरासतमा एकरात

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २२ ०६:५३ बजे

डडेल्धुरा। डडेल्धुरा जिल्लाको जोगवुडाको यो घटना २०५९ कार्तिक १ गतेको हो । देशमा संकटकालीन स्थिति थियो । २÷३ वर्ष पहिले मेरो गाउँ डडेल्धुरा जिल्लाको कर्रेनीमा एउटी महिलाले आत्महत्या गरेकी थिइन् । गाउँलेहरु मृतक महिलाबारे प्रहरीलाई रिपोर्ट पहिले नै दिएका तर दुइ वर्ष पछि रिपोटको टुङ्गो लगाउन इलाका प्रहरी कार्यालय जोगवुडा लालढुङ्गाम  जान गाँउलेहरु डराइरहेका थिए । त्यसबारे मुचुल्का तयार पार्न गाउँलेहरुले मलाई बोलाएका थिए । अनि म गाउँलेहरु सँगै प्रहरीमा  गएँ र त्यो काम सम्पन्न गरें । कामसकाएर म फर्र्किएर लालढुङ्गा बजारमा आएँ । डडेल्धुराको रंगुन खोलाको नजिकै जोगवुडा बजार रहेको थियो । रात परिसकेको थियो । म बजारको  ठगुन्ना होटेलमा बास बसेको थिएँ । अचानक मेरो गाउँको एउटा भतिजो पर्ने केटो भीम बहादुर महत हस्याङ्ग फस्याङग् गर्दै म बसेको होटेलमा आएँ । “के भयो ?”–मैले सोधे । “मलाई सेनाले लखेट्दै आएको छ । माओवादी हो भनि  मलाई सेनाले पक्रिएर लान खोजेका छन् ।”– भीमबहादुरले भने । हामीले कुरा गर्दा गर्दै सेनाले ढोका खोल भन्दै ढोका ढकढकाउन आए । काठ माथि टीनले छाएको एउटा होटेल थियो । विजुली थिएन । चकमन्न अँध्यारो थियो । हामीले ढोका खोल्यौं । भिमबहादुरलाई जाउँ जाउँ भन्दै पक्रिएर लान खोज्यो । मैले यी भाई माओवादी हैनन् । मैले चिनेकै भाई हुन् भन्दै कुरा गरें । मैले नलैजानुस् । भन्दाभन्दै छिर्राएर हातमा हत्कडी  आखाँमा कालो कपडाको पट्टिलगाएर हिंडाले । मैले भने कि लग्न त लग्नु भयो । कुट्ने र मार्ने काम नगर्नु होला । मैले लप्टानसित कुरा गर्ने छु । एउटा गेट भएको वरपर पर्खाल लगाएको कम्पाउण्ड भएको होटेल थियो । लप्टान बाहिरबाट सुनिरहेको रहेछ । त्यसलाई पनि लिएर आउ भन्यो । मलाई पनि दुइ जना सैनिकले दुवैहातका पाखुरामा समाएर लिन थाले । सैनिक  व्यारेकको एरियाको भुइमा काडेतारले घुमाउरो वाटोमा  पुग्दा पहिले कालो पटिट् मेरोआँखामा बाँधे । रंगुनखोलाको किनारमा बगरमा आर्मी क्याम्प थियो । त्यसको नजिकै इलाका प्रहरी  पनि थियो । भित्र काँडेतार विच्छाएको रहेछ क्याम्पमा घुमाउँदै घुमाउँदै लग्यो । राम्रैसित अब कुट्ने भयो भन्ँने सोचिरहेको छु । भीमबहादुर भाइलाई छोपेर कहाँ लग्यो थाहा भएन । त्यहाँ बंकर बनाएको थियो । कतै बंकरमा राख्यो कि भन्ने पनि सोच्दछु । बगरको चिसो बालुवामा राख्यो । आँखामा पट्टी बाँधेको छ । केही समयपछि एउटा सेना हत्कडी लिएर आयो ।तँ वकिल रहेछस् । जे भएपनि यो राजाको हत्कडी त लाउनै पर्यो भन्यो र मेरो हातको घडी सेनाका जवानले लिए र हातमा हडकड्डी लगाए । राती १ बजेतिर बयान लिन प्रहरी आयो । सेनाले नजिकै प्रहरी पोष्टबाट वयान लिन प्रहरी इन्स्पेक्टर भोजप्रसाद खतिवडालाई बोलाएको रहेछ । उनी सिन्धुलीका रहेछन् । जन्म, आमा, बाबा, ठेगाना, पेशा विधार्थी राजनिति मेरो सवै पृष्टभुमि सोधे।अनि  सबै सोधेर चित्रबहादुर केसी वा लिलामणि कतातिरका जनमोर्चा हौं सम्म भनेर बयान लियो । हत्कडी लगाइसकेपछि मलाई पिटेका पनि  छैनन् । भनेपछि अब खोलाको किनार वा जंगलमा लगेर गोली हानेर मार्ने भए भन्ने मलाई लागेको थियो । त्यो क्याम्पमा त्यो क्षेत्रका करिब डेढ सय मान्छे लाई सेना प्रहरीले हिरासतमा मारिसकेको भन्ने सुनिन्थ्यो । कांग्रेसहरुले पोलेर सुराकी गरेका धेरै मान्छे मारिएका थिए । यातना कतिसम्म दिएको सुनिन्थ्यो भने पिट्दापिट्दा शरिरमा बनेका घाउहरु पाकि घाँउमा पिप र किरा पर्दासम्म पनि त्यहाँ यातना दिएका थिए । बाँचिदैन होला भन्ने लागेको थियो । रातीमा वयान नलिएको समयमा  मलाई हेर्ने जिम्मा लिएको एक जना सेनाको सिपाही भाई बागलुङको परेछन् । उसले सुस्तरी मेरो कानमा आएर भन्थ्यो, “सर  तपाई जस्ता निर्दोष मान्छेलाई यहाँ लिएका छन् । मेरो घर बागलुङ हो । मैले अखिल (छैठौं) मा काम गरेको छु” भन्दै मसालको कुरा गर्यो । मेरो कुरा फुस्काउन ठिक्क पारेको होला भनेर वास्तै गरेन । विहान ४ बजेतिर करिव १० जना सेनाले समातेर मलाई क्याम्प बाहिर ल्याए । कुटपिट त गरेन जङ्गल वा वगरमा लगेर गोलीहानी अब मार्ने भए । मार्न लगे भन्ने सोच्दै थिए । बजार सुनसान छ । बाहिर ल्याएर हातको हतकडी र आँखाको कालो पट्टी पनि खोलि दिए । मलाई सरासर बेलुकी म बसेको होटेल भित्र छिराइदिएर फर्किए । अनि मलाई लाग्यो, ए  यति भए पछि मार्ने रहेनछन् । रातिमा स्थानीय कांग्रेसहरुलाई पनि सेना प्रहरीका व्यक्तिले उनीहरुले सोधे , मलाई लाग्छ .........मलाई माओवादी हैन । भने होलान् । प्रहरीको अनुसन्धान सबैबाट माओवादी हैन भन्ने ठानेपछि मलाई छाडिदिए । म घर फर्कीने बाटोको मोटाहल्दु भन्ने गाउँमा सेनाहरुले घर घरमा खानतलासी गर्न हिंडेका रहेछ । त्यस मध्ये एक जना राति मलाई ड्युटी गर्ने भाई पनि रहेछन् । सबै सेनाहरु घर घरमा फिंजारिएका थिए । उनी दौडिँदै सर नमस्कार भन्दै खुशी हुदै आए । तपाई छुट्नु भयो खुशी लाग्यो भन्दै फेरि बालुङमा छैठौंमा काम गरेको कुरा भने । राति मलाई शंका लागेका थियो । अहिले तिनी छैठौं नै थिए भनेर विश्वास लाग्यो । रोजीरोटीले सेना भए पनि आस्था र विश्वास, वर्गीय प्रेम नमर्दो रहेछ भन्ने लाग्यो। तर मेरो मनमा भीमबहादुर भाइलाई मारेकी ज्यूँदै छ भन्ने लागिरहेको थियो । विहान उज्यालो भएपछि म महेन्द्रनगरतिर हिंडे । ज्यूँदो वा मदौ जे भए पनि भीमबहादुर भाइको बारेमा खोजी गर्नु पर्दछ भनेर म एक जना  गाउँले साथी लिएर  महेन्द्रनगरतिर जाँदै थिएँ । गाउँमा फोन नभएकाले फोन गर्न महेन्द्रनगर पुग्नु पर्दथ्यो । । आधी बाटो पुग्दा गाउँका मान्छेहरु फर्काउन आए । भीमबहादुर .......पनि रिहा भए गाउँमा आए, अब महेन्द्रनगर जानु पर्दैन भनेर मलाई मान्छेहरु फर्काउन आए । मैले बेलुकी सेनासित भीमबहादुुर माओवादी हैन, नपिट्नु, नमार्नु भनेको कुराले काम गरेको हुनुपर्दछ भन्ने लाग्यो । तर न्यायको कुरा वोले वाफत एक चिसो रात सैनिक हिरासतको याताना भोगियो। हाँक साप्ताहिक वाट


२०८० मंसिर २२ ०६:५३ बजे

प्रतिक्रिया