परशुराम नगरपालिकामा आँखा शिबिर सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर २० १८:४५ बजे

  आशु भण्डारी, डडेल्धुरा। डडेलधुरा जिल्ला परशुराम नगरपालिका , नेपाल नेत्रज्योती संघ  र गेटा आँखा अस्पतालको समन्वय तथा सहजीकरणमा  २ दिने आँखा स्वास्थ्य शिबिर जोगबुडामा सम्पन्न भएको छ।

सेवा फाउन्डेसनको आर्थिक सहयोगमा संचालित दुई दिने आँखा शिबिर भित्रीमदेशका आलिताल गाउँपालिका  र परशुराम नगरपालिकाका गरि जम्मा ३७४ जना सेवाग्राही मध्ये दुई सय दुई महिला र एकसय बाहत्तर पुरुषले निःशुल्क रुपमा सेवा लिनु भएको छ। जस मध्ये ७० जना सेवाग्राहीको आँखाको सफल अप्रेसन नेत्र विशेषज्ञ डा. सुनिल थापाको टिमले गर्नु भएको थियो।

जोगबुडा अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटीको भवनमा  यहि  मङ्सिर १९ गते देखि सन्चालन भएको शिबिर  आज २० गते साझ ५ बजे सम्म सन्चालन भएको थियो । ओपिडी सेवा, नर्मल चेकजाच ,निःशुल्क औषधि , मोतिया बिन्दुको अप्रेशन,क्यालेजियन (आन्नो)को अप्रेसन र शुल्क सहितको चश्माको ब्यबस्था जस्ता सेवा सुबिधा रहेको  शिबिर सन्चालनका इन्चार्ज नरेन्द्र राज बिस्टले बताउनु भयो ।

नाबालक बालबालिका देखि जेष्ठ नागरिक  सम्मका सेवाग्राहीले उपचार लिएको  र आगामी दिनमा पनि निःशुल्क   आँखा स्वास्थ्य शिबिर बेलाबेला  निरन्तर संचालन गरिने परशुराम नगरपालिकाका नगरप्रमुख  भरत बडायर जोशिले बताउनु भयो। तर प्रयाप्त मात्रामा आँखा शिविरको सुचनाको प्रचारप्रसार नभएले सवै आँखा विरामीले  सेवालिन नपाएको एकजना सेवाग्राहिले गुनासो गर्नुभयो ।स्वयंसेवक र सुरक्षाकर्मीले समेत शिबिरमा सहजीकरण गरिएको  इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज गगन सिंह भाट्ले बताउनु भयो ।


२०८० मंसिर २० १८:४५ बजे

प्रतिक्रिया