कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्छ : प्रचण्ड

कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्छ : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १४:३१ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  देशमा रहेका सबै कम्युनिस्टहरुलाई एकताबद्ध बनाउनका लागि निरन्तर लागिरहेको  बताएका छन् । 

आज काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन, वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले  कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने बताएका छन् ।  साथै उनले उक्त कायेक्रममा बोल्दै शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्ने  बताएका छन् । 

वाइसियलमा युद्ध लडेका र त्याग र बलिदानी गरेकाहरू रहेको  बताउदै उनले वाइसियलमा वैचारिक एकता  हुनुपर्ने  आवश्यकता रहेको औंल्याएका छन् ।  प्रचण्डले नेपालमा  माओवादीको  नेतृत्वमा मात्रै क्रान्ति सम्पन्न हुने बताएकाछन् । 

 उनले भने ,  'पद पाउनका लागि हिजोआज प्रतिस्पर्धा हुन लागेको बताए। ‘संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थाल्यो। यो नमीठो अनुभव छ ।'  


२०७९ भदौ ३ १४:३१ बजे

प्रतिक्रिया