जमरानीमा अन्तक्रिया सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर १५ १४:२८ बजे

डडेल्धुरा। बिम्ब अनलाइन डटकमको आयोजना र नवजागरण  युवाक्लवको सहआयोजनमा मिति २०८० मसिर १० गते वैजनाथ मा.वि. जमरानीको सभा हलमा कृषिमा सहुलेत ऋण ,अनुदान र वास्तविक किसान विषयक अन्तक्रिया सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्ष नवजागरण युवाक्लवका अध्यक्ष मनोज कार्की र सञ्चालन बिम्ब अनलाइनका सम्वादाता आसु भण्डारीले गर्नुभएको थियो। विषयवस्तुको प्रस्तुतिकरण नेकपा(मशाल)का केन्द्रिय सदस्य एव अधिवक्ता लाल वहादुर जाग्रीले हुदै सहुलेत ऋण तथा अनुदान वास्तविक ग्रामीणस्तरका  किसानले  प्राप्त गर्न सकेका छैन्न। कृषि लाई व्यवशायीकरण र उधोगीकरण गर्नका लागी ग्रामिण किसानहरु लाई पनि वैङ्ग वा वित्तिय सँस्थाले  चार देखि सात प्रतिशत व्याजदरमा सहुलेत ऋण ३ देखी ७ वर्षको अवधि सम्मका लागी दिएमा किसानले आफ्नो व्यवशाय सञ्चालन गरी ऋण चुक्ता गर्नुका साथै जिवन स्तर  पनि उठ्ने   सक्नेकुरा वताउनु भयो । यसले स्वदेशमा नै स्वरोजगारी सृजना भइ विदेश पलायन हुने युवाहरु देश निर्माणमा नै लाग्न सक्ने छन। कृषि क्षेत्रमा अनुदान दिदा वास्तविक किसान लाई दिनुपर्ने हो। कुनै राजनितिक आस्था र पहुचका आधारमा अनुदान दिने कुराले भ्रष्टाचार विकृति ला वढवा दिने र वास्तविक किसान निरास भइ विदेश पलायन  हुने कुरा वताउनु भयो।

सो कार्यक्रमा अगुवा किसान नरेन्द्र नेगीले आफुले विदेश गएर कमाउन नसकेको धन कृषि व्यवशाय वाट आर्जन गर्न सकेको तर आज सम्म सहुलेत ऋण , अनुदान त धेरै टाढाको कुरा तरकारी वालीमा सिचाइ गर्न पोलिथिन पाइप सम्म आफु लाई कुनै सरकारी निकायले नदिएको गुनासो गर्नु भयो। कार्यक्रममा वाख्रापालक किसान प्रताप वोहरा, विधालयका अध्यक्ष अमर विष्ट, युवा नरेश स्नेही र विधार्थीहरुले पनि वास्तविक किसानले अनुदान र सहुलेत ऋण नपाएको कुरा वताए।

विधालयका प्र.अ. तेज वहादुर विष्टले  ग्रामिण किसानले पनि सहुलेत ऋण र अनुदान पाएमा आफ्नो कृषि व्यवशाय लाई थप अगाडी वढान सक्ने विचार राख्नु भयो। कार्यक्रमका अध्यक्ष मनोज कार्कीले कार्यक्रमको समापन गर्नुभयो।


२०८० मंसिर १५ १४:२८ बजे

प्रतिक्रिया