गाउँघरमा तरकारी खेति गरेर वार्षिक ३ लाख आम्दानी

तिन लाख आम्दानी गरेर एक छोरा लाइ कम्युटर इन्जिनियर र दुइ छोरी लाइ स्तातक सम्म पढाएका छन।

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर १५ ०८:१७ बजे

डडेल्धुरा।विगत दश वर्ष देखि आफुले खेतमा तरकारी खेति गरेर वाषिक तिन लाख आम्दानी गर्ने गरेको वताउछन प.न.पा.८का अगुवा किसान विर वहादुर जाग्रीले। आफ्ना साथीभाइहरु कामको खोजीमा भारतका व्याङलोर वम्वइ दिल्ली सिमला हरिध्दार जाने आउने गरे पनि आफु  चाहि आफ्नो खेतवारीको पाँच \ छ रोपनी जग्गामा तरकारी खेती गरेर वार्षिक तिन लाख आम्दानी गरेर एक छोरा लाइ कम्युटर इन्जिनियर र दुइ वटा  छोरी लाइ स्तातक सम्म पढाएको वताए।

तरकारी खेती गरेर वाकी रहेको जग्गामा धान गहुँखेती गरेर धान गहुँ पराल उत्पादन गर्ने गरेका छन।असारमा धान रोपे पछि असोजमा किसानले खेत वाट धान कटाइ गरेर धान र पराल अलग-अलग छुट्टयार धान मान्छेका लागी र पराल गाइवस्तुका लागी सामल हुने भन्दै आफ्ना पाँच वटा परालका कुन्युँ रहेको कुरा प.न.पा. ८ का अगुवा किसान विर वहादुर जाग्रीले वताए। आफूले तरकारी खेती गरेको जग्गा वाहेक वाकी रहेको जग्गामा  धान र गहुँ खेति गर्दै आएका पनि उनले वताएका छन।

गाइवस्तुको अर्गानिक मल प्रयोग गरेर आफ्नो खेतमा अर्गानिक तरकारी लसुन, प्याज, गोभि आलु टमाटर उत्पादन गर्दै  आएका छन।  विभिन्न तरकारी उत्पादन गरेर उत्पादीत तरकारी  परशुराम नगरपालीकाको स्थानिय वजार लालढुङ्गा , गाइवादे सादनी कटाल परिगाँउ आलीतालको गोदाम वजारमा विक्रा गर्ने गरेको वताए। पाँच छ रोपनी जग्गामा  तरकारी उत्पादन गर्ने गरेका छन वाकि रहेको केहि जग्गामा केरा ,अदुवा लिचि कागत आप  वासँ लिप्टिसको रुखहरु  जग्गाको वरिपरी नगदी वालिका रुपमा पनि लगाउदै आएका छन।

विगत दश वर्ष देखि कृषिलाइ पेशा व्यवशायी वनाउदै आएका अगुवा किसान विर वहादुर जाग्रीले आज सम्म कुनै पनि वैङग वा वित्तिय सँस्था वाट सहुलेत ऋण वा  सँधिया, प्रदेशसरकार र स्थानिय तह परशुराम नगरपालीका वाट कुनै अनुदान नपाएको गुनासो गरेका छन। आफुले कुनै ऋण वा अनुदानका लागी कृषि लाइ व्यवशायीकरण गरेको नभइ आफ्नो आय आर्जनका लागी कृषि लाइ व्यवशायिकरण गरेको उनले वताए।तर वास्तविक किसानले सहुलेत ऋण तथा अनुदान पाउनु पर्ने कुरामा उनले जोडदिएका छन।

उनले भने वैङ्ग वा वित्तिय सँस्थाहरुले वास्तविक किसान लाइ सहुलेत ऋण नदिने तर विचौलिया दलालले किसानका नाममा सहुलेत ऋण प्राप्त  गरी दुउपयोग गर्ने गरेको वताए। सरकारका निकाय वाट कृर्षिलाइ व्यवशायिकरण वा उधोगिकरण गर्ने किसानले अनुदान नपाएको तर मत्री, साँसद, मेयर ,वार्ड अध्यक्षका  वा  कुनै नेताका आसेपासेहरुले नै  किसानका नाममा अनुदान खाने गरेको हुदा सहुलेत ऋण तथा अनुदान वारे सरकारले नियम नै वनाएर लागु गर्नु पर्ने यस लाइ दुरउपयोग गर्ने लाइ कानुन वमोजिम दण्ड सजाय गरिनु पर्ने कुरा उहाँले वताउनु भयो।


२०८० मंसिर १५ ०८:१७ बजे

प्रतिक्रिया