कृषिमा ऋण, अनुदान र वास्तविक किसान विषयक अन्तक्रिया हुने

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर ५ १८:३७ बजे

डडेल्धुरा।सँघिय सरकार, प्रदेश सरकार र स्थानीय तहले कृषि उधोग र कृषि, पशुपालन, फलफुलमा व्यवशायीकरण गर्नका लागी अनुदान के कसरी दिदै आएको छन। अनुदान पाउने व्यक्तिले कृषि पशुपालन  माछापालन फलपूल खेति गरेका छन वा छैन्न। यिनीहरु व्यवशायीक किसान हुन वा विचौलीया  दलाल मात्र हुन। यस वारेमा किसानको अनुभव भोगाइ के कस्तो छ। राष्ट वैङ्क, राष्टिय वाणिज्य वैङ्क, नेपाल वैङ्क, कृषि विकास वैङ्क, अन्य निजि वैङ्क, सहकारी, वित्तिय सँस्थाहरुले किसान लाइ सहुलेत व्याजमा ऋण प्रवाह गरेका छ वा छैन। गरेको भए के कसरी गरेको छन। सहुलेत व्याजमा ऋण लिएका किसानहरुले कृषि लाई व्यावशायीकरण गरेर आफ्नो जिवन स्तर कसरी उठाएका छन वा स्वदेशमा नै स्वरोजगारी सृजना गरेर के कसरी काम गरी रहेका छन भन्ने विषयहरु समेत लाइ समेटेर ग्रामिण किसानहरु विच  कृषिमा ऋण, अनुदान र वास्तविक किसान विषयक अन्तक्रिया कार्यक्रम बिम्व अनलान डटकम आयोजक र  नवजागरण युवाक्लव जमरानीको  सहआयोजनामा मिति २०८०।८।१० गते दिउसो २.३० वजे प.न.पा.८  जमरानी डडेल्धुरामा हुने हुदा सो कार्यक्रममा उपस्थितिको लागी सवै किसान मजदुर विधार्थी स्थानीय व्यक्तिहरु लाई अनुरोध गरेको कुरा क्लवका अध्यक्ष मनोज कार्की वताएका छन।

विषयवस्तुको प्रस्तुति अधिवक्ता एवम नेकपा(मशाल)का केन्द्रिय सदस्य लाल वहादुर जाग्रीले गर्नुहुने छ। कार्यक्रमको बिम्ब अनलाइन डटकम को फेसवुक पेज वाट प्रत्यक्ष लाभ गरिने कुरा पनि मनोज कार्कीले वताएका छन।


२०८० मंसिर ५ १८:३७ बजे

प्रतिक्रिया