ट्याक्सीमा छुटेको झन्डै ७ तोला सुन प्रहरी मार्फत सुनधनी लाइ वुझाए

bimbonline बिम्ब अनलाइन
२०८० मंसिर ३ १८:४१ बजे

काठमाण्डौ । काठमाण्डौको जडीबुटीबाट जोरपाटीमा रहेको जम्मुडाँडासम्म जाने क्रममा हिजो शनिवार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज आइतवार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।

ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई सामान हस्तान्तरण गर्नुभएको हो ।

जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा झन्डै सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नुभएको थियो । प्राप्त खबर तथा लिखित निवेदनका आधारमा ट्राफिक प्रहरीले सीसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो।ट्याक्सी चालकले दिएको गरगहनाको झोला  आज सुनधनी लाइ वुझाएको प्रहरीले जनाएको छ।


२०८० मंसिर ३ १८:४१ बजे

प्रतिक्रिया