कृषि मन्त्रालयका सचिव चढ्ने गाडीले ठक्कर दिदाँ दुईजना घाइते

कृषि मन्त्रालयका सचिव चढ्ने गाडीले ठक्कर दिदाँ दुईजना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १४:०७ बजे
दुईजना घाइते

काठमाडौं । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्ने  गाडीले  ठक्कर दिदाँ दुई जना घाइते भएका छन् । 

ठक्करबाट दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार घाइते भएका प्रहरीले जनाएको छ ।  वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।

२०७९ भदौ ३ १४:०७ बजे

प्रतिक्रिया