अंश विवादमा एसिड आक्रमण

अंश विवादमा एसिड आक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १४:०० बजे
एसिड आक्रमण

 काठमाडौं ।सल्यान जिल्लामा भाइ–भाइबीच जग्गा बाँडफाँटको विषयमा विवाद हुँदा एसिड प्रयोग भएको छ। दाजुभाइबीचको जग्गासम्वन्धी विवादले भाइ–बुहारीमा एसिड  प्रहार गरेका हुन् ।  

सल्यानको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका हिरालाल रावतले आफ्नै सहोदर भाइ–बुहारीमाथि एसिड प्रहार  गरेका हुन्। जग्गा भागवण्डाको कुरा नमिल्दा ६६ वर्षीय हिरालालले आफ्नै भाइ–बुहारीमाथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  प्रहरीका अनुसार भाइ–बुहारीसँगै अर्का एकजना व्यक्तिलाई पनि एसिड प्रयोग भएको प्रहरीको भएको र  तिन जना  समेत घाइते भएका छन् ।  

एसिड प्रहारबाट भीमबहादुर रावत, उनकी श्रीमती र भीमबहादुरको घरमा सामान पुर्‍याउन आएका एकजना गरी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमित खड्काले बताएका छन् । भीमबहादुरका दम्पती काम सकेर बेलुका घर फर्किएपछि दाइले उनीहरूमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

  उनिहरुको जग्गाको विषयमा धेरै पहिले देखी नै विवाद  रहेको  थियो । जग्गाको कुराले पटक–पटक झगडा समेत हुने गरेको  अनुसन्धानबाट खुल्न आएको छ ।

२०७९ भदौ ३ १४:०० बजे

प्रतिक्रिया