कविता -अक्टोबर क्रान्ति र बर्गबैरी

bimbonline जय कार्की
२०८० कात्तिक २५ १९:३८ बजे

भेटेजति सबै देबी र देउतासित आशिर्वाद माग्दै हिड्ने

परम्परावादी रुढग्रस्त समाज फेर्न नखोज्ने

त्यसैमा मस्त रमाई रहने

अपराधि डनले झैं असुलि गरी मनग्गे आम्दानी गर्ने

काला कर्तुत लुकाउँन गुटिय खेलमा लागि

पार्टीलाई भष्म खरानी पारी डुबाउँने

समावेशीको उधुमै बखान गरी भाषण ठोक्ने

पार्टी लाईनको अन्धाधुन्ध बखान गरी दिगभ्रमित पार्ने

तर,

छुवाछुत र जातिय उचनिँचलाई नै सर्बमान्ने सिद्धान्त ठान्ने

महिलालाई अबला ठानी कुदृष्टि राख्ने,

यौन दुरुत्साहन गर्दा मर्दको बहादुरी ठान्ने

दलाली नगरी जि हजुरी नबजाई निद्रै नलाग्ने

नारीमाथि हर्दम हेला होचो गरी अघि बढ्न

अबरोध खडा गर्ने

शोषण, दमन, भ्रष्टाचार, ठगि र कमिसनको धन्दामा

टुप्पिसम्म डुब्ने

मैमत्ता अपराधि यो कस्तो खालको कम्युनिष्ट

यो कस्तो अनौठो समाजवादी ?

यी सबै बर्ग बैरी बैगुनलाई अन्त्य गर्ने प्रतिज्ञा गर्दै

मनाउँन सिकौं संसारै हल्लाएको

सच्चा समाजवादी

अक्टोबर क्रान्ति ।


२०८० कात्तिक २५ १९:३८ बजे

प्रतिक्रिया