कविता- न्यायधीश

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० कात्तिक २३ ०९:५४ बजे

नेपालगञ्ज।

न्यायाधीश हुन खास मन चाहिन्छ 

खास मन हुन योग्यता चाहिन्छ 

योग्यता भएर मात्र हुँदैन उसमा

बास्तमा खास  खास गुण चाहिन्छ ।


कानुनको क्षेत्रमा रहेर होस् या

कानूनी  पेशामा रहेर होस्

थुप्रै अनुभव भएको बुज्रुक चाहिन्छ

यसैले उ भगवानको रुप मानिन्छ  ।


भगवान त्यसै मानिदैनन् न्यायाधीश 

श्रेष्ठ गुण भएको ब्यक्ति चाहिन्छ 

दाम र  नामको अभिलाषा नराखि

सेवागत भावना राख्ने ब्यक्ति चाहिन्छ ।


सबैभन्दा बढि ईमान्दारीता चाहिन्छ

अझै निर्णय गर्ने सक्षमता चाहिन्छ

सक्षमतासँगै निश्पक्षता चाहिन्छ

जनताको साँच्चिकै न्यायाधीश हुन

निष्ठा र पारदर्शिता चाहिन्छ ।


न्यायाधीशले आफुलाई नागरिक सम्झिनुपर्छ

किनकी एकथरी नागरिकले न्यायाधीश स्विकार्छ

उहीँ नागरिकले दण्ड सजाय समेत स्विकार्छ

न्यायाधीश  आचरण समेतमा रहनुपर्छ


सबै पक्षको कुरा सुन्ने हुनुपर्छ

न्यायाधीश निरंकुश हुन होइन

कानुन र बिधीको पालना गर्दै

खुल्ला मनको पबित्र हुनपर्छ 

पबित्र मनको स्वच्छ हुनुपर्छ।


२०८० कात्तिक २३ ०९:५४ बजे

प्रतिक्रिया