श्रमिकहरुको हकहितका निम्ति सदैव प्रतिवद्ध

श्रमिकहरुको हकहितका निम्ति सदैव प्रतिवद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ १३:४४ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी,करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन  आफुहरु त्यार रहेको बताएका छन् । 

 उनले अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अस्थायी,करार र ज्यालादारी कर्मचारीको तलब भत्ता वृद्धि गर्न पहल  गर्ने  बताएका हुन् ।

६० हजार जति अस्थायी करार र ज्यालादारी कर्मचारी रहेको जनाउदै  प्रचण्डले श्रमिकहरुको हकहितका निम्ति सदैव प्रतिवद्ध  रहेको बताएका छन् ।  उनले भने ,  'निजामति सेवा ऐनलाई संशोधन गरेर तपाईंहरुका माग सम्बोधन गर्न लाग्नेछु । म प्रधानमन्त्री हुँदा तपाईँहरुको माग सम्बोधन गर्न पहल गरेको थिए ।'

गठबन्धनभित्र निजामति सेवालाई अन्तिम रुप दिएर पारित गर्ने प्रकृयामा रहेको  उनले बताएका छन्।  समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षालाई दृढका साथ कार्यान्वयन गरिने  बताउदै  श्रमिकको हकहित र न्यायका लागि लड्ने उनले बचन दिए।  

२०७९ भदौ ३ १३:४४ बजे

प्रतिक्रिया