सुदुरपश्चिममा हेल्भेटासको सहयोगमा थप ३५५ झोलुङ्गे पुल निर्माण हुदै

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २२ १०:०४ बजे

धनगढी। स्वीस सरकार विकास सहयोगको तर्फबाट झोलुङ्गे पुल सहयोग इकाइ, हेल्भेटासले सुदूरपश्चिममा एक हजार १४७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। मङ्गलवार धनगढीमा आयोजित झोलुङ्गे पुल फोटो प्रदर्शनीमा सुदूरपश्चिममा थप ३५५ वटा झोलुङ्गे पुल निर्माणको चरणमा  रहेको हेल्भेटासले बताएको छ।

वि.स. २०१७ देखि स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा नेपालमा झोलुङ्गे पुल कार्यक्रम अगाडि बढेको हो। ६० वर्षको अवधिमा नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण गरिएको छ भने सुदूरपश्चिमका ९ जिल्लाका ८८ पालिकामा झोलुङ्गे पुल निर्माण गरेर स्थानीयको आवतजावत र दैनिकी सहज भएको झोलुङ्गे पुल सहयोग इकाइ सुदूरपश्चिमका व्यवस्थापक जुनतारा बुढामगरले बताए।

यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक जगतप्रसाद जोशीले कार्यक्रमको कार्यान्वयन झोलुङ्गे पुल रणनीति २०६६ अनुसार भइरहेको बताए। उनले  स्थानीय गैरसरकारी संस्था मार्फत सुदूरपश्चिममा झोलुङ्गे पुल निर्माणको काम कार्यान्वयन गरिने बताए। निमित्त निर्देशक जोशीले आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ७६ व्यक्ति प्रतिदिनको हिसाबले रोजगारी सिर्जना भएको बताए।



२०८० कात्तिक २२ १०:०४ बजे

प्रतिक्रिया