डडेल्धुरा वारले गर्यो जिल्ला न्यायधिस दयाराम ढकालको स्वागत

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक २० १५:०९ बजे

डडेल्धुरा। काठमाण्डौ जिल्ला अदालत वाट डडेल्धुरा जिल्ला अदालतमा सरुवा भइआउनु भएका जिल्ला न्यायधिस दयाराम ढकालको डडेल्धुरा जिल्ला अदालत वार एकाइले आज वार भवनको सभा हलमा  स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सञ्चालन  वार सचिव ओम प्रकाश साउद र अध्यक्षता वार अध्यक्ष पुष्पराज जोशिले गर्नु भएको थियो। वारका र्तफवाट वारमा आवध्द अधिवक्ताहरुले न्यायधिस दयाराम ढकाल लाइ फुलमाल अविर  र पुष्पगुच्चाले स्वागत गर्नुभएको कुरा वार सचिव ओम प्रकाश साउदले वताउनु भयो। वारका तर्फवाट स्वागत मन्तव्य अधिवक्ता रोहित देउवाले राख्दै भन्नु भयो डडेल्धुरा जिल्ला अदालतमा केहि अपवाद वाहेक वार- वेञ्चको सम्वन्ध सुमधुर रहेको र यो सम्वन्ध लाइ सरुवा भइ  आउनु भएको जिल्ला न्यायधिसले थप उच्चाइमा पुर्याउने अपेक्षा वारले गरेको कुरा वताउनु भयो।माननिय जिल्ला न्यायधिस दयाराम ढकालले न्याय सम्पादनमा वारको महत्वपुर्ण भुमिका रहने गरेको छ। कानुन र प्रमाण अनुसार नै न्याय छिटो छरितो तरिकाले जिल्ला अदालतले सम्पादन गर्ने कुरा वताउनु भयो।उहाँले अगाडी भन्नु भयो मेरो कार्यकालमा वार र वेञ्चको सम्वन्ध सुमधुर रहने छ। न्यायका उपभोक्ता लाइ न्याय सम्पादन गरिने छ।यसमा वारको सहयोग सदभावको अपेक्षा अदालतले गरेको कुरा वताउनु भयो।

कार्यक्रममा वारका अधिवक्ताहरु लाल वहादुर जाग्री विष्णु भट्ट, आरती जोशी अदालतका सेस्तेदार दामोदर रेग्मी तहसिलदार राजेन्द्र चन्द सरकारी वकिल कार्यालय प्रतिनिधि हरिहर भट्ट समेतको उपस्थिति रहेको कुरा वार अध्यक्ष पुष्पराज जोशीले वताउनु भयो।



२०८० कात्तिक २० १५:०९ बजे

प्रतिक्रिया