डोटीको केआई सिंह राजमार्ग वाट जिप सेतिमा खस्यो

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १९ ०८:५६ बजे

डोटी। धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन्।धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर-६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५० र ६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ। 

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।




२०८० कात्तिक १९ ०८:५६ बजे

प्रतिक्रिया