भूकम्प पीडितको उद्धारमा सशस्त्र प्रहरी खटियो

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १८ ०९:३४ बजे

काठमाडौं। जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।

यस्तै नम्बर ६ बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली जाजरकोटको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए। यसैगरी नम्बर २९ गण दाङबाट पश्चिम रुकुमको लागि सप्रनिको कमाण्डमा २१ जना र आश्रित गुल्म पूर्वी रुकुमबाट सप्रनानिको कमाण्डमा ११ जनाको टोली पश्चिम रुकुममा खटिएको छ।

नम्बर ४२ रिजर्भ गण बाँकेबाट सप्रनिको कमाण्डमा २५ जनाको टोली जाजरकोट र नेपाल एएफपी अस्पतालबाट सप्रनाउ डा. रोशन पराजुलीको कमाण्डमा   मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकद्वारा पश्चिम रुकुमको चौरजहारीको लागि खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी थापाले बताए।


२०८० कात्तिक १८ ०९:३४ बजे

प्रतिक्रिया