प्रचण्डको भारत भ्रमण फलदायी : सचिवालय

प्रचण्डको भारत भ्रमण फलदायी : सचिवालय

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ १७:२४ बजे
प्रचण्ड

 काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन दिने भारत भ्रमण फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।  अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण  फलदायी रहेका जनाइका छन् ।

दाहालले सामाजिक सञ्जालमा भनेकी छन्  ' दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ । भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ ।' प्रचण्ड आजै साँझ काठमाडौ फर्कने कार्यतालिका रहेको छ ।


२०७९ साउन १ १७:२४ बजे

प्रतिक्रिया