लागुऔषध ओसारपसारमा नयाँ तरिका ‘शरीरभित्रै फ्रिजिङ’

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १५ १८:१२ बजे

 उदयपुर। लागुऔषध कारोबारीले शरीरभित्र राखेर लागु औषधको ओसारपसार गरेको पाइएको छ । उदयपुरमा प्रहरीले त्यस्ता कारोबारीलाई पक्रेपछि उक्त तथ्य खुलेको बताइएको छ ।

शरीरभित्र लागुऔषध फ्रिजिङ गरेर ल्याएको अवस्थामा प्रहरीले चौडण्डीगढी नगरपालिका ४ का ३० वर्षीय सुमन तामाङ र ३० वर्षीय मुकेश राईको साथबाट लेबल बिनाका आठ एम्पुल प्रतिबन्धित लागुऔषध फेला पारेको हो । प्रहरी सक्रियता बढेसँगै लागुऔषध तस्करहरुले त्यसको ओसारपसारमा अपनाएको नयाँ तरिका पत्ता लागेको हो ।

अभियुक्त दुवैको शरीरबाट लागुऔषध निकालेपछि प्रहरीले थप अनुसन्धान बढाएको छ । दुवैविरुद्ध उदयपुर जिल्ला अदालतले १० दिनको म्याद थपेर अनुसन्धान बढाउन प्रहरीलाई अनुमति दिएको छ ।

 



२०८० कात्तिक १५ १८:१२ बजे

प्रतिक्रिया