बञ्चरेडाँडामा आजदेखि फोहर विसर्जन

बञ्चरेडाँडामा आजदेखि फोहर विसर्जन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३ ०८:२० बजे
बञ्चरेडाँडा

काठमाडौं ।   काठमाडौंको फोहोर बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा विसर्जन हुने भएको छ ।  हिजो  काठमाडौं  महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि  काठमाडौंबाट  फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा  जान थालेका हुन् । 

बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र  काठमाडौंबाट पनि गाडी पुगिरहेका  काठमाडौं महानगरपालीकाले जनाएको  छ ।  महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी  थालेको छ । 

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता र ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्ने  माग सहित स्थानीयले विरोध नगर्ने सहमती भएको हो । 

यस्तै, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनुपर्नेछ ।  

२०७९ भदौ ३ ०८:२० बजे

प्रतिक्रिया