काठमाण्डौ। नेपालको खाध्यान भण्डारको रुप चिनिने तराइका भु- भाग मध्ये कर्णाली नदिका दुइ भँङ्गालाको विचमा रहेको ठुलो उर्वराशिल फाँट जो राजापुरका नामले प्रख्यात रहेको छ। पुर्व- पश्चिम राजमार्गको निमार्ण हुनुपुर्व अछाम वाजुरा डोटी सुर्खेत दैलेख कालिकोट हुम्ला जुम्लाका वासिन्दाको भारत सँग व्यापारिक नाकाका रुप प्रख्यात ठाउँ थियो राजापुर । हामीहरुका पुर्खा कैलाली कञ्चनपुर वाके वर्दियाको भु-भाग नेपाल लाइ फिर्ता गरेकै समय देखि यहाँ वसोवास गर्दै आएका र राजमार्ग चिसापानी तर्फमा वने पछि राजापुर नाकामा सुनसान भएको वताउछन राजापुरका व्यापारी रहित अहमत सिदिकि।
राजापुर क्षेत्रका किसानहरुले उत्पादन गरेको अन्न मुलतः (धान र गहुँ) सिजनमा खरिद गर्न र अफसिजनमा चामल गहु , पिठो विक्र वितरण गर्ने उदेश्यले चामल कारखानाको स्थापना २०४५ सालमा तत्कालिन श्री ५ को सरकार र जापान सरकारको सयुक्त सहयोगमा स्थापना भएको थियो। सो कारखानाको उदधाटन राजा विरेन्द्रले गरेका र सो समयमा राजाले करिव २ महिना मध्येपश्चिमाञ्चलको निरन्तर भ्रमण गरेका थिए भन्ने कुरा कारखाना भित्र रहेको शिलालेखमा लेखिएको - राष्टनायक श्री ५ महाराजधिज विरेन्द्र विर विक्रम शाहदेव सरकार वाट मध्येपश्चिमाञ्चल विकास क्षेत्रको २०४५ साल माघ २ गते देखि चैत्र २८ गते सम्म अनौपचारिक भ्रमण गरी वक्सेको सुवअवसरमा वर्दिया जिल्लामा निगाहपुर्ण सवारी भइ मौसूप सरकारको वरवाहुलि वाट श्री ५ को सरकार र जापान सरकारको सयुक्त सहयोगमा राजपुरमा निर्मित नेपाल खाध्य सँस्थानको आधुनिक चामल कारखाना तथा खाध्य सँञ्चय भण्डारको समउध्दधाटन सु- सम्पन्न भयो इति २०४५ माघ २६ गते रोज ४ शुभम भन्ने व्यहोराले प्रष्ट गर्छ। २०४६ साल यता सरकारी स्वामित्वका देशका सवै कलकारखाना नेपाली काँग्रेसको सरकारले निजिकरणका नाममा भारतिय व्यापारीहरु लाइ कौडीको भाउँमा विक्रि गरेर कमिशन असुल गरे पनि राजापुरको चामल कारखाना आज सम्म सरकारको पुर्ण स्वामित्वमा रहेको कारखाना छ केवल कुशल व्यवस्थापनका साथ पुर्ण क्षमतामा सञ्चालन हुन मात्र आवश्यक रहेको स्थानिय वताउछन।
करिव १० फिटको चार दिवार भित्र फराकिलो ठाउँमा स्थापना भएको प्रतिगोदाम दशहजार क्वाइटल अन्न भण्डार गर्न मिल्ने अवस्थाका छ वटा ठु-ठुला आकर्षक गोदामका भवन, एउटा स्टिम राइस भवन, एक कारखाना भवन रहेको राजापुर चामल कारखानामा अहिले केहि थान चामलका वोरा मात्र कारखानामा रहेका अन्य सवै गोदामहलहरु खाली रहेको छन । एक गोदामहलमा स्थानियले म्याटमिण्टन खेल्ने गरेका छन।चामल कारखाना २०५२ साल सम्म प्रतिधण्टा विस क्वाइटल चामल प्रशोधन गर्दै आएकोमा माओवादी ध्दन्दको समयमा चामलकारखानामा माओवादीले वम विस्फोटन गरेर वन्द भए थियो। २०६४ साल पछि कारखानाको मर्मत सम्भार गरेर सामान्यरुपमा कारखानाले प्राण सम्म धानेको छ। स्टिम राइस मेसिन पहिले नै वन्द भएको वताउछि सरिता थारु।
कारखानामा चार जना मात्र स्थायी कर्मचारी रहेका छन भन्ने सिजनमा केहि करारका कर्मचारीहरु राखिने गरेको रहे छन।अहिले सरकारले मसिनो धानको मुल्य प्रतिक्वाइटल चार हजार चार सय र मोटोधानको मुल्य चार हजार तिन सय तोकेको भए पनि आज सम्म कुनै पनि किसानले धान विक्रि गर्न नल्याएको र धानको मुल्य भारतिय वजारमा निर्भर रहनेगरेको छ। भारत वाट निवाधरुपमा धान नेपाल आए नेपाली किसानहरुको धानले वढि मुल्य नपाउने हुदा सरकारले तोकेको मुल्यमा धान चामल कारखाना लाइ विक्रि गर्ने तर भारतिय धान नेपाल नआएमा नेपाली किसानले सरकारले तोकेको मुल्य भन्दा वढि वजार मुल्य हुने भएकोले वजारमा नै धान किसानले विक्रि गर्ने कुरा रामलाल थारूले वताए।
गल्ला व्यापारीहरुले नै किसान लाइ विउँ मलखाद कृषि औजार खरिद गर्न उत्पादन धान गल्ला व्यापारी लाइ दिने शर्तमा ऋण दिने भएकोले यस्ता किसानहरुले चामल कारखाना लाइ धान विक्रि नगरेर गल्ला व्यापारी लाइ नै विक्रि गर्नुपर्ने वाध्यता रहेको कुरा हरिचन चौधारीले वताए।यसवर्ष एकसय क्वाइन्टल धान खरिद गर्ने कारखानाले लक्ष्य राखेको भए पनि आजका दिन सम्म कुनै किसानले एककिलो धान पनि विक्रि गर्न नल्याएको वताउछन कामदार हरिश चन्द। चामल कारखाना पुर्ण क्षमतामा सञ्चालन अहिले हुन नसकेको केवल प्राण सम्म धानेको हुदा सरकारले यस लाइ पुर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने कुरा राजापुरका स्थानिय हेमन्त रेग्मी वताउछन।
(राजापुर वाट स्थलगत रिपोटका आधारमा)
प्रतिक्रिया