दैनिक ४ हजार पाइला हिँड्नु स्वास्थ्यका लागी लाभदायिक

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ५ ०९:३२ बजे

काठमाडौं । दैनिक कम्तिमा पनि ४ हजार पाइला हिँड्न सके मुटुलगायतका रोगहरुबाट अकालमै हुने मुत्युबाट बच्न सकिने हालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ। दिनमा २ हजार ३३७ पाइला हिँड्दा मात्रै पनि मुटुसम्बन्धी रोगका कारण हुने मृत्युको सम्भावना घट्ने नयाँ मेटा–एनालिसिस अध्ययनले देखाएको हो। 

प्रत्येक दिन हरेक हजार पाइलाको वृद्धिले कुनै पनि कारणले मृत्युको जोखिम १५ प्रतिशत कम गर्ने बनाख बताउँछन्। ५०० पाइला मात्रै बढाउँदा पनि मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना ७ प्रतिशतले घट्ने उनको भनाइ छ।अध्ययनको नतिजा मङ्गलवार युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो। यसमा अस्ट्रेलिया, जापान, नर्वे, स्पेन, बेलायत र अमेरिकामा भएका १७ ओटा अध्ययनबाट झन्डै २ लाख २७ हजार जनाको डेटा विश्लेषण गरिएको थियो।

तर धेरै समय बाँच्न चाहनु हुन्छ भने कम्तीमा पनि दैनिक ४ हजार पाइला हिँड्नुपर्ने सुझाव अनुसन्धानकर्ताहरूले दिएका छन्। युरोपियन सोसाइटी आफ कार्डियोलोजीका उपप्रधान सम्पादक माचे बनाखले  हरेक दिन ५ सय देखि एक हजार कदमका दरले हिडाई बढाउँदै जाँदा मृत्यु दरमा उल्लेख्य कमी आउन सक्ने बताए। यो अहिलेसम्म भएको सबैभन्दा ठुूलो विश्लेषण भएको बनाखले बताएका छन्।

अध्ययनमा पहिलो पटक दिनकै २० हजार पाइला हिँड्दा हुने स्वास्थ्य लाभबारे पनि अध्ययन गरिएको थियो। दैनिक ४ हजार पाइला हिँड्दा चाँडै मृत्यु हुने सम्भावनामा उल्लेख्य कमी आउने देखिएको भए पनि जोखिम उच्च कमी ल्याउन भने ७ हजार भन्दा बढी पाइला हिँड्नै पर्ने बताइएको छ। हिँडाइबाट सबैभन्दा बढी लाभ लिने हो भने २० हजार पाइला हिँड्नुपर्ने समेत अध्यायन देखाएको छ।

यस्तै कुनै पनि व्यक्ति दैनिक ५ हजारभन्दा कम पाइला हिँड्नुलाई अध्ययनले गतिहीन जीवनशैली भनेको छ।




  

२०८० कात्तिक ५ ०९:३२ बजे

प्रतिक्रिया