आर्थिक मन्दीको मार खसीबोकाको व्यापारमा

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ४ १५:२८ बजे

कञ्चनपुर। यस वर्ष आर्थिक मन्दीको प्रभाव खसीबोकामा पनि परेको छ । अघिल्ला वर्षहरुमा खसीबोका किनबेच गर्ने ठाउँमा मानिसहरुको भिड लाग्ने गरेकोमा यस वर्ष व्यापार नै कम भएको  खसिवोकाका व्यापारी देव वहादुर धामीले बताएका छन् ।बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ । सुरुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रतिकिलो २० र च्याङ्ग्रामा २५ रुपैयाँ छुट दिएको हो ।

बिक्री नै कम भएकोले जति लामो समय पाल्यो त्यत्ति नै बढी खर्च हुने हुँदा भाउ घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले बताउनुभयो । यस्तै, अरु व्यापारीहरुले पनि जिउँदो खसीबोका किलोको ६ सय ४० देखि ५० तोकेकोमा ग्राहकहरुले मोलमोलाई गरेर  त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भएको बताएका छन् ।

डडेल्धुरा जोगवुडा-८ वाट खसीवोका विक्रि गर्न कञ्चपुरको महेन्द्रनगर वजारमा आएका देव वहादुर धामीले गतवर्षको तुलनामा खसीवोका विक्रि कम भएको र भाउ पनि नपाएको गुनासो गरेका छन। खरिद मुल्यमा पनि खसीवोका विक्रि नहुने चिन्ता उहाँले व्यक्त गर्नु भएको छ।


२०८० कात्तिक ४ १५:२८ बजे

प्रतिक्रिया