आरसिपीका प्रवक्ता कञ्चनले चलाएकाे स्कार्पियाे सँग माेटरसाइकल ठाेकिदा

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ४ ०८:०८ बजे

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियो र विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा घाइते भएका २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नेता बास्तोला जिल्ला प्रहरी कार्यालयमै रहनु भएको छ । र, घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार कार चालकले लेन क्रस नगरेको, कागजात रहेको र मापसे पनि नगरेको पाइएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान जारी रहेको र घटनाको प्रकृति हेरेर प्रचलित कानुन अनुसार प्रक्रिया अघि बढ्ने पनि प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयो । 


२०८० कात्तिक ४ ०८:०८ बजे

प्रतिक्रिया