सशस्त्र प्रहरीकै पेट्रोल पम्पबाट ठगी

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १ १९:०४ बजे

काठमाडौँ । सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पले नै कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको भेटिएको छ । स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्पबाट कम परिमाणमा बिक्री गरेको भेटिएसँगै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएको टोलीले उक्त पम्प सिल गरेको हो । 

बुधवार गरिएको अनुगमन क्रममा सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रधुम्न उपाध्यायले बताए । ‘मापदण्ड अनुसार भन्दा  थोरै पेट्रोल देखियो’ उपाध्यायले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग भने ‘६ पटक जाँच गर्दा पनि चार पटक परिणाम भन्दा थोरै देखिएपछि सिल गरियो ।’ मंगलबार मात्रै अनुगमनका क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने गैरीगाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गर्दै आएको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।अनुगमन टोलीमा प्रधानमन्त्री ‘प्रचण्ड’को सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका कर्मचारीको सहभागिता छ।


२०८० कात्तिक १ १९:०४ बजे

प्रतिक्रिया