श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १५:४२ बजे
गोटाबाया राजापाक्षे

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आउँदो हप्ता श्रीलंका फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका छन्।‘आधिकारिक रूपमा यसमा हाम्रो कुनै भूमिका छैन। उहाँ श्रीलंकाको नागरिक हुनुहुन्छ र आफ्नो इच्छाअनुसार भ्रमण गर्नसक्नु हुन्छ’, मन्त्री साब्रीले भनेका छन्।

राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किने उनका आफन्त तथा रुसका लागि श्रीलंकाका पूर्वराजदूत उडयाङ्ग वीरातुन्गाले बताएका छन्।आक्रोशित प्रदर्शनकारी आधिकारिक निवास र कार्यालयमा प्रवेश गरेपछि राजापाक्ष सैन्य विमानमार्फत गएको जुलाईमा माल्दिभ्स उडेका थिए। त्यसपछि उनी सिंगापुर गए र अहिले थाइल्याण्डमा छन्। उनले सिंगापुरबाट राजीनामा दिएका थिए।

२०७९ भदौ २ १५:४२ बजे

प्रतिक्रिया