सपना प्रधानमल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०८० असोज ३० १७:५८ बजे

काठमाडौं। न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन्। मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो। न्यायाधीश समाजको अध्यक्षमा सामान्यतः वरिष्ठतम् न्यायाधीशलाई बनाउने चलन छ।

यसअघि ईश्वर खतिवडा अध्यक्ष थिए। उनी दोस्रो पटक अध्यक्ष हुनुपर्ने भएपछि प्रधानलाई अध्यक्ष बनाइएको हो। 


२०८० असोज ३० १७:५८ बजे

प्रतिक्रिया