मुगुमा सुपथ पसल सामान कम, भीड बढी

नागरिक भने चामल मात्र नभई दाल, तेल, चिनी लगायतका खाद्यवस्तु पनि बिक्री गर्नुपर्ने माग गरेका छन्

bimbonline बिम्ब अनलाइन
२०८० असोज २६ ११:१४ बजे

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आजदेखि सञ्चालनमा ल्याएको शुपथ मूल्य पसलमा सेवाग्राहीको भीड छ । तर, त्यहाँ चामल मात्र शुपथ मूल्यमा बिक्री गरिएको छ । नागरिक भने चामल मात्र नभई दाल, तेल, चिनी लगायतका खाद्यवस्तु पनि बिक्री गर्नुपर्ने माग गरेका छन् ।खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले आइतबारबाट मुगुमा शुपथ मुल्यमा चामल विक्री सुरु गरेको छ । खाद्य कम्पनी मुगुले तीन प्रकारको चामल बिक्री गर्दै उपभोक्तालाई प्रतिकिलो सात रुपैंयाँसम्म छुट दिइरहेको छ ।

छुट मुल्यका चामल पाउन सेवाग्राहीले नागरिकता साथमा लिएर गएमा एक परिवारलाई दुई बोरा चामल उपलब्ध गराएको छ । चाडपर्व लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा विक्री गर्ने योजना बनाएको छ । विगतका बर्षमा चामल अपुग भए पनि यो बर्ष मुगुको लागि पर्याप्त चामल ल्याइएको छ ।सुपथ मूल्य पसलले नागरिकलाई केही राहत दिएको छ । बजारमा चर्को मुल्य हालेर खाद्यान्न जोहो गर्दै आएका मुगुका नागरिक सुपथ मुल्यमा चामल पाएपछि खुसी छन् । तर, यो सेवा वर्षैभर पाउनुपर्ने उनीहरुको माग छ ।

सुपथ मुल्य पसल सञ्चालन गरेर चामल वितरण गर्दा केहि हदसम्म मुगुवासीलाई सहज भएको छ । तर विगतका बर्ष सुपथ मूल्यमा पाइएको दाल, तेल लगायत अन्य खाद्यान्न भने यो पटक वितरण गरिएको छैन ।


२०८० असोज २६ ११:१४ बजे

प्रतिक्रिया