राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा पल्टिँदा २४ जना घाइते

राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा पल्टिँदा २४ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १४:५९ बजे
डुङ्गा पल्टिँदा

काठमाडौं ।  विद्यालय  जानलागेको  डुङ्गा  परल्टिँदा  २४ जना  विद्यार्थी   घाइते भएको छन् । दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका हुन् । 

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको  स्थानीयले जनाएको छ ।   स्थानीय  निरज केसीका  अनुसार डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी नदीमा खसेका थिए । प्रायजसो विद्यार्थीहरुको अवस्था सामान्य रहेको छ ।

‘डुङ्गाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’  केसीले भने ' डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। माछा मार्ने माझीले उद्धार गरेका हुन्।' डुङ्गा पल्टिँदा केही विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला नदीमा बगेको छन् । 

२०७९ भदौ २ १४:५९ बजे

प्रतिक्रिया