काठमाण्डौ – इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
दूतावासले आज बुधवार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
प्रतिक्रिया