नेपालगञ्ज। प्रकाशक क्रियटिभ बुक्स द्वारा प्रकाशित चौकीदारदेखि वकीलसम्म कृतिका लेखक अधिवक्ता लोकबहादुर शाह हुन् । प्रस्तुत पुस्तकको प्रथम सस्करण २०७७ मा भएको छ भने सम्पादन जनक नेपाल र कुमार श्रेष्ठद्वारा भएको छ ।कृति द्वैध भूमिकाको आत्मबृतान्त र निबन्ध शैलिको देखिन्छ ।पुस्तकमा लेखकको बाहेक अन्य लेखक, साहित्यकारहरुको मन्तव्य रहेका छैनन् । स्थापित केही लेखकका मनतव्यहरु राखेको भए अझै पुस्तक राम्रो बन्थ्यो । पुस्तकका तीन भाग छन त्यसभित्र २० वटा रचनालाई समेटिएको छ ।
पहिलो भागमा मेरो गाउँ मेरो परिवेश, जसभित्र रामारोशनको काखमा, छाउगोठमा हुर्केको पुस्ता, कैलास खोलाको शेरोफेरो, हटारु क्याराभानको सम्झना र एस. एल. सि. दिएर दिल्लीतिर बरालिदा समाबेश गरिएका छन् ।रामारोशनको काखमा लेखभित्र लेखकले आफ्नो जन्मस्थलका परिबेशको यथार्थ चित्रण गरेका छन् । जस्तो आफ्नो गाउँ सँसारा भएपनि भौगोलिक बिकटता र बिकासको उज्यालो नपुगेर गाउँ बर्षौ बर्ष बेसहारा झैँ रह्यो ।
अछामको शान्तडा बिगतमा शान्तडा गाबिसको वडा नं ७ मा पर्थ्यो, हाल रामारोसन गाउँपालिकाको ३ नं. वडामा परेर ठेगानामा फेरवदल भएपनि केही बाटोघाटो खुलेपनि स्कुल र स्वास्थ्य चौकी बस्तिबाट नजिकिए पनि हात हातमा मोवाईल पुगेपनि यी सुविधाले केही सहजता ल्याएपनि तर गाउँको गरिबी उस्तै छ भनी उल्लेख गर्न पुगेका छन लेखकले
अहिलेपनि आफ्नो गाउँबाट जिवीकोपार्जनको लागि भारतको मुम्वई र दिल्ली जाने लस्कर छ । गाउँबासिको दैनिकी र जीवन शैलीमा खासै फेरवदल आएको छैन भनेर आफ्नो गाउँठाउँ बारे ठूलो चिन्ता ब्यक्त गरेका छन् ।लेखकले आफ्नो गाउँठाउँमा छुवाछुत र विभेद चर्को रहेको तर्फ पनि चिन्ता गरेका छन् भने बिवाहमा बिहे भोज खान जाँदा मासु भात खाने चलन रहेको र बाँड्नेले राम्रो मासुको टुक्रा राखिदिए आफुलाई भाग्यमानी सम्झिन्थ्यो भन्दै बालककालको रमाइलो पक्षको पनि उजागर गरेका छन् ।
अछाममा जाँडरक्सीको कुलतले गाउँबस्ती नराम्ररी बिथोलिए पछि र झगडाका कारण स्थानियको मागमा २०४३ र ४४ सालतिर मदिरा निषेधित ( ड्राइ एरिया) जिल्ला घोषणा गर्नु परेको तितो यथार्थ पनि आफ्नो पुस्तकमा समेटेका छन् ।छाउगोठमा हुर्केको पुस्ता मा लेखक स्वयं पनि छाउगोठमै जन्मेको तितो सत्यलाई ओकलेका छन् । आफ्नी मुमालाई प्रशव बेदना लागेपछि हतार हतारमा छाउगोठमा लगिएको भनेर बेदना पोखेका छन् भने आफू पछि जन्मिने सन्तान छाउगोठमा जन्मिन नपर्ने भनी परिवर्तनको लागि प्रतिवद्वता पनि जाहेर गरेको लेखनिको भावबाट पुष्टि हुन्छ ।
कैलास खोलाको शेरोफेरोमा स्वास्थ्य र सरसफाइमा गाउँका मानिस सचेत नभएको, आफ्नो गाउँलाई शौचालयबारे बुझाउनै बर्षौबर्ष लाग्यो भन्दै असन्तुष्टि ब्यक्त गरेका लेखकले हाल अछाम जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भईसकेकोमा खुसि ब्यक्त गरेको अवस्था पनि देखिन्छ ।हटारु क्याराभानमा गाउँका अरु मानिसहरुसँगै लेखक स्वयं हटारु बनेर १४ र १५ बर्षको उमेरमा नुन चिनी कपडा जुत्ता लगायत उपभोग्य बस्तुका लागि कैलालीको कटासेमा हप्तौँ दिन पैदल हिँडेर लखतरान पर्ने गरेको र शास्ति पाएको कुरा पनि उल्लेख गरेका छन् ।
एस. एल. सि. दिएर दिल्लीतिर बरालिदा लेखमा सेठानीको माइतीमा घरेलु कामदार रहने कुरा भएकोमा पढे लेखेको ठानेर नराखेपछि आफ्ना दाजुसँग कैयौँ दिन चौकीदारी गर्न गएको र चौकिदारी गर्ने प्रकृया समेत उल्लेख गरेबाट सर्वसाधारण नेपालीहरुलाई जिविकोपार्जन गर्न भारतमा के कस्ता काम कसरी गर्नु पर्दोरहेछ भनेर दर्दनाक अनुभव समेत प्रस्तुत गरेका छन् ।
सानैमा स्कुलमा पढ्दापढ्दै बेप्रशङ्गमा हाँस्दा अनाहकमा सरबाट पिटाई खाएको कुराले बाल्यकालको बिज्याँको स्मरण गराएका छन् ।रक्सि पिएर आउँदा श्रीमती परिवार बेखुसि मात्रै होइन पारिवारिक अवस्था डामाडोल हुनुका साथै आर्थिक एबं स्वास्थ्य स्थिति पनि बिग्रने देखेपछि पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने र आर्थिक र स्वास्थ्य स्थिति मजबुत राख्न एबं सामाजिक प्रतिष्ठालाई समेत जोगाउन आफूले सँधैका लागि मदिरा सेवन एबं धुम्रपान गर्न त्याग गरेको प्रतिवद्वता समेत सार्वजनिक गरी समाजलाई समेत त्यसतर्फ सावधान रहन गहिरो शन्देश दिन लेखक पछि परेका छैनन् ।
आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले बिवाह गर्ने समय सर्दै गएको कुरा मूल्तवीमा परेको बिवाह पाठकलाई सबिस्तार आफ्नो यथार्थता सबै सामु पस्केका छन् । त्यस्तै परिवार भित्र आफन्तजन एबं नातागोता भित्रका मानिसको दर्दनाक मृत्यूले अत्यन्तै बढि पीडा बनाएको कुरा पनि उजागर गरेका छन् । अधिवक्ताको लाईसेन्स लिएपछि नेपालगन्ज स्थित डिल्लीराज पन्तको ल फर्मबाट वकालत गर्न सिकेको र वकालत सिकेपछि पैसा आउन थालेको र दैनिक गुजारा चलाउन सहज भएको कुराले आफ्नो मेहनत र परिश्रमले सफलता पाएपछि लेखक अत्यन्तै खुसि भएको कुरा पनि उल्लेख गरेका छन् ।
कानून ब्यवसाय गर्दा पोसाक ब्याक्तित्व, भाषा, शैली ब्यवहार र आचरणले पेशा ब्यवसाय प्रतिको मर्यादा र सामाजिक प्रतिष्ठामा फरक पार्ने भएकोले त्यसतर्फ सबै खालका पेशा ब्यवसायीले ध्यान दिनु पर्ने भाव सहितको शन्देश दिएका छन् ।बारको चुनावमा मत बरावर भएपछि गोला हाल्नु परेको र गोला हाल्दा निकटम उम्मेदवारले उठाएको गोला खाली भएपछि बिजयी लेखेको गोला मेरो हुन पुगेको भनी बार चुनावलाई बडा रमाइलोसँग प्रस्तुत गरेका छन् ।
नेपालगन्जको उखरमाउलो गर्मी सहन कठिन हुँदाहुँदै लोडसेडिङ हुने गरेको र सो को बिरुद्वमा सार्वजनिक सरोकारको बिषयमा उत्प्रेषण परमादेश, निषेधाज्ञाको निबेदन यिनै लेखकद्वारा दायर भएकोमा अन्तरिम आदेश जारी भई परमादेशको आदेश जारी भएपछि आफुलाई आम मानिसले लोडसेडिङ वकिल भन्न लागेको कुरा पनि शुन्दर रुपमा प्रस्तुत गरेका छन् ।
नेपालकै प्रशिद्व शक्तिपिठ बागेश्वरी मन्दिरको आयब्यय अपारदर्शी भएकोमा सम्बद्व निकाय र ब्यक्तिलाई बिपक्षी बनाई यि लेखक र अधिवक्ता बलवहादुर चन्दले नै परमादेशको रिट निवेदन दर्ता गरेको उल्लेख छ । पुनरबेदन अदालत नेपालगन्ज बाट २०७३ ।३।२२ मा फैसला भएपछि बागेश्वरी मन्दिरको जग्गाबारे सरकारद्वारा छानबिन भएको र मन्दिरको सम्पत्ति र आयब्यय बारे सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग २०७६ ले बागेश्वरी मन्दिर समेतको अध्ययन र छानबिन भएको कुरा लेखकले पुस्तकमा उल्लेख गरेका छन् ।यसले गुठीको सम्पत्ति पारदर्शी हुनुपर्ने र आजदेखि हुने गरेको कुरालाई उजागर गरेको देखिन्छ ।
यसैगरि कानून ब्यवशाय चुनौतीपूर्ण छ । कहिले पक्षहरुलाई अनावश्यक मुद्वा दायर भएपछि मूद्वामा बहस पैरवी गर्नुपर्ने ,बहस पैरवी गर्दा पीडित पक्षबाट विभिन्न खालका धम्की आउने गर्छन् । कहिले पीडित पक्षबाट जाहेरी लेख्दा र बहस पैरवी गर्दा पीडक पक्षबाट घाँटी काटिदिन्छु, हातखुट्टा भाँचिदिने धम्की आउने गरेको कहिले महन्तबाट सराप पाईएको जस्ता बिषयले पुस्तकको ओजन महत्त्वपूर्ण रहेको र लेखकले निकै चुनौती बेहोर्नु परेको कुरा उल्लेख गरिएका छन् ।
यसैगरी एउटा युवती निश्चल निस्वार्थ प्रेममा परेपछि आफ्नै प्रेमिले धोखा दिएपछि युवतीले सुसाइड नोट समेत लेखि आत्महत्या गर्न बिवस भएको घटनाले मुद्वा दर्ता एबं अनुसन्धान गर्ने निकाय नेपाल प्रहरी, सरकारी वकिल र सरकारी वकिल कार्यालयलाई जिम्मेवार बन्न सवक सिकाएको देखिन्छ यस घटनाले ।समग्रमा कोभिड १९ ले ग्रस्त पारेको बेला समयको उचित ब्यवस्थापन गरि आफ्ना गाउँठाउँका बिकृति बिसँगतीलाई परिवर्तन गर्न , आफ्ना जीवनमा भोगेका अनुभव भावी पुस्तालाई जानकारी गराउन र आफ्ना पेशा ब्यवशाय चलाउँदा ब्यहोर्नु परेका एबं आम सरोकारका बिवादलाई समाधान गर्न निरन्तर लागिपरेका सामाजिक अभियन्ता एबं सामाजिक ईन्जिनियर लेखकको कलम सँधै जनताको हितमा कुदिरहोस् ।
लेखकको कलमको मसि जीवन पर्यन्त नसकियोस्, सबै आफन्तजन र साथिभाई एबं ईश्वरबाट साथ मिलिरहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्दछु ।
प्रतिक्रिया