माओवादी केन्द्रका नेता डिलाराम आर्चाय कार्यक्षेत्रमा विरामी विरअस्पताल काठमाण्डौमा उपचार हुदै

bimbonline बिम्ब अनलाइन
२०८० असोज १७ १९:५७ बजे

डडेल्धुरा। नेकपा (माओवादी केन्द्र) केन्द्रिय सचिव एव सुप इञ्चार्ज डिलाराम आर्चाय पार्टीको तिन महिने अभियानको कार्यक्रम अन्तगत एक महिना भन्दा अगाडी देखि सुदूरपश्चिमका पहाडी जिल्ला वैतडी वझाङ दार्चुला हुदै आज अछाम साफेवगर वाट मगलसैनमा हुने पार्टी वैठकमा जाने तयारी गर्दै गर्दा विहान अचानक व्रेजहेमरेज भए जस्तो भए पछि उहाँको शरिरको दायाँ भाग नचल्ने र वोल्न नसक्ने अवस्था सृजना भएको थियो। उहाँ लाई तुरुन्त अछाम देखि नेपालगञ्ज  सम्म नेपाली सेनाको हेलिकप्टर वाट र नेपालगञ्ज देखि जहाजमा काठमाण्डौ पुर्याइएको छ। अहिले विर अस्पताल काठमाण्डौमा उहाँको उपचार भइ रहेको नेकपा( माओवादी केन्द्र)का स्थायी समिति सदस्य खगराज भट्टले बिम्व अनलाइन लाइ वताएका छन।

भारतमा मजदुरी गर्दा गर्दै नेकपा (मसाल) वाट राजनिति शुरु गरेका  आर्चाय मजदुर वर्ग वाट कम्युनिष्ट पार्टीको उच्च तहमा पुग्ने व्यक्ति हुन।   हजारौ शुभचिन्तक पार्टी कार्यकर्ता र आफन्तहरुले फेसवुक र अन्य सामाजिक सञ्जालका माध्यम वाट उहाँको स्वास्थ्य लाभको कामना व्यक्त गर्दै आएका छ। बिम्व अनलाइन परिवार पनि उहाँका शिघ्र  स्वास्थ्य  लाभको कामना गर्दछ।




२०८० असोज १७ १९:५७ बजे

प्रतिक्रिया