दिल्ली। गुम्मादी विप्ठल राव जो गदरका नामले लोकप्रिय र क्रान्तिकारी गीत संगीतको क्षेत्रमा प्रशिद्ध थिए । जसको हैदरावादको अपोलो अस्पतालमा उच्च रक्तचापका कारण, भर्ना भएका र सो नियन्त्रण नभएर मस्तिष्क आघातका कारण ५ अगस्ट २०२३ को सबेरै मृत्यु भयो । उनी एक प्रशिद्ध क्रान्तिकारी जनगायक तथा पूर्व भाकपा (माओवादीका) एक क्रान्तिकारी कार्यकर्ता थिए । गदर क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा सहभागी मात्र नभएर जननाट्य मण्डलीको नेतृत्व समेत गरेका थिए । गदर असी र नब्बेको दशकमा विशेषत अभिभाजित आन्ध्र प्रदेशमा निकै लोकप्रिय थिए । उनका क्रान्तिकारी गीतहरुको हिन्दी लगायत धेरै भाषामा अनुवाद गरिएको छ । हामीले यहाँ केही गीतहरु थारु भाषामा पनि अनुवाद गरेर जनतामाझ लिएर गएका थियौ र भारतको नक्सलवादी आन्दोलनमा उहाँ गित सँगितले उर्जा प्रदान गरेको छ भनि रक्तिम अभियानका पुर्व अध्यक्ष नारायण योगी वताए।
उनले भाकपा (माओवादी) पार्टी सन् २०१० मा छाडेर तेलंगाना निर्माण अभियानमा लागे र सन् २०१७ मा तेलंगाना प्रजा परिषद् गठन गरे । कमरेड गदरको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । उनीसँग मेरो पनि प्रवासमा काम गर्दाका बखत संयोगले भेट भएको थियो, त्यसबारेमा पनि निम्न कुरा राख्न चाहान्छु ।
प्रतिक्रिया