कविता- समस्या

bimbonline नरेन्द्र देवकोटा "प्रशान्त"
२०८० असोज १० १०:०७ बजे

नेपालगन्ञ।

म चाहन्थे मेरो जीवनमा

कुनै समस्या नै नआउन्

समस्या आइहाले पनि

बा,आमा, साथि अग्रज र

आफन्तबाट समाधान होउन्

उहाँबाट समाधान हुन नसके

ईश्वर देवदेवीबाट समाधान होउन् ।


तरपनि मैले सोचेजस्तो भएन

समस्याहरु तारन्तार आईरहे

मैले कुनै न कुनै किसिमले

समस्या समाधान गर्दै गइरहेँ र

समस्या समाधान गर्दै गइरहेको छु

र अनुमान गरेको छुकि

समस्या समाधान गर्दै जानू पर्नेछ ।


समस्यासँग खेल्दै जाँदा

समस्यासँग जुध्दै जाँदा

समस्यासँग सिक्दै जाँदा

कुनै समस्याको सारथी बनेँ

कुनै समस्यालाई सारथी बनाएँ

यसैले कैयौँ समस्याहरुबाट

कुनै न कुरा सिकेको छु

कुनै कुरा गुमाएको पनि छु ।


समस्या मेरा जीवनका साथी हुन्

कुनै समस्या मार्गनिर्देशक बने

कुनै समस्या ? अरिँगाल बने 

समस्या आखिर समस्या? नै हुन्

समस्या ? बाटै धेरै सिकेको छु

टाढाका मानिस धेरै नजिक बने

नजिकका भनिएका टाढा बन्न पुगे ।


समस्या सँग सावधान रहनु

कुनै समस्या बरदान सावित हुन्छन्

कुनै समस्या अभिषाव बन्दछन्,

समस्यासँग महत्वाकांक्षी नभएकै राम्रो

समस्यासँग अहं भाव नराखेकै राम्रो

किनकी समस्या समाधान हुन नसके

निकै घातिला बन्दछन्

निकै असहज र जोखिम बन्दछन् ।


२०८० असोज १० १०:०७ बजे

प्रतिक्रिया