सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त

bimbonline बिम्ब अनलाइन
२०८० असोज ९ १७:५४ बजे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन्। प्रदेश सरकारले जोशीलाई मङ्गलबार मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो।

२०५८ देखि निरन्तर कानुन र न्यायक्षेत्रमा काम  गर्दै आउनु भएका जोशी एक निष्ठावान अधिवक्ताको छवि वनाएका थिए। धनगढीमा  अधिवक्ताको रुपमा कार्यरत जोशी जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायलमा  लगायतका अदालतमा कानुन व्यवशाय गर्दै आउनु भएको थिए। उहाँ धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय हुन्।

जोशीलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।

 

२०८० असोज ९ १७:५४ बजे

प्रतिक्रिया