डडेल्धुरा वारको फेरि भेटौला कार्यक्रम सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० असोज ९ १६:४६ बजे

डडेल्धुरा ।डडेल्धुरा जिल्ला अदालतका न्यायधिस वालकृष्ण वाग्ले डडेल्धुरा वाट वाँके जिल्ला अदालतमा सरुवा हुनभएले आज डडेल्धुरा जिल्ला अदालत वार एकाईको आयोजनामा फेरी भेटौला भन्ने कार्यक्रम सम्पन्न भएको कुरा वार इकाईका सचिव अधिवक्ता ओम प्रकाश साउँदले वताए।

कार्यक्रमको अध्यक्षता वार अध्यक्ष अधिवक्ता पुष्पराज जोशी  र सञ्चालन वार सचिव ओम प्रकाश साउँदले गर्नु भएको थियो । वारका तर्फवाट विधाई मन्तव्य राख्दै  वारका निर्वतमान अध्यक्ष अधिवक्ता लाल वहादुर जाग्रीले आफ्नो २० वर्ष भन्दा वढिको व्यवशायिक जिवनको अवधिमा कतिपय न्यायधिसको इजलासमा वहस गर्न सम्म मनले नमान्ने र औचित्यता पनि नदेखिने आफ्नो अनुभव सुनाउनु भयो। तर माननिय न्यायधिस वालकृष्ण वाग्लेले  न्याय सम्पादन गर्दा न्यायका उपभोक्ता लाई  कानुन,  तथ्य र प्रमाणका आधारमा न्यायप्रदान गर्दै अदालतको गरिमा र जनविश्वास वढाउनु भएको थियो भन्नु भयो। ।

न्यायधिस वालकृष्ण वाग्ले मन्तव्य राख्दै डडेल्धुरा जिल्ला अदालतको न्यायधिसको पदमा करिव १४ महिना काम गर्दा न्याय सम्पादनमा डडेल्धुरा जिल्ला अदालत वार एकाइले महत्वपुर्ण र मैत्रीपुर्ण सम्वन्ध रहेको र वार एकाइनै अदालतको प्रवक्ता भएको कुरा वताउनु भयो।मैले यहाँ रहदा कानुन व्यवशायीको वहस, कानुन, तथ्य , प्रमाण र न्यायिक मन प्रयोग गरेर न्याय सम्पादन गरे जो मेरो नियमित काम  थियो। म यस जिल्ला अदालतमा रहँदा के कस्तो न्याय सम्पादन गरे त्यसको मुल्याङकन  र स्वस्थ आलोचना गर्ने दायित्व  कानुन व्यवशायीहरुको रहने छ भन्नुभयो।

सर्वोच्च अदालत वाट सरुवा भइ आउनु भएका श्रेस्तेदार दामोदर  रेग्मी र उच्च अदालत दिपायल महेन्द्रनगर इजलास वाट सरुवा भइ आउनु भएका तहसिलदार राजेन्द्र वहादुर चन्दको पनि डडेल्धुरा वार एकाईले स्वागत गरेको थियो। 

कार्यक्रममा अधिवक्ताहरु हरि प्रशाद भट्ट रोहित देउवा, विष्णु भट्ट,आरति जोशी, युवराज जोशी ,जिल्ला सरकार वकिल कार्यालयका  प्रतिनिधि हरिहर भट्ट समेतको उपस्थिति रहेको र कार्यक्रमको समापन वारका अध्यक्ष पुष्पराज जोशीले गर्नु भएको  वार सचिव ओम प्रकाश साउँदले वताए।


२०८० असोज ९ १६:४६ बजे

प्रतिक्रिया