‘पारी ठुली भिर’सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०८० असोज ७ १८:५६ बजे

काठमाण्डौं ।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।


२०८० असोज ७ १८:५६ बजे

प्रतिक्रिया