परशुराम नगरपालिकामा विशेष नगरसभाको माग

bimbonline बिम्ब अनलाइन
२०८० असोज ४ २०:४६ बजे

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भएको भन्दै नगर प्रमुखसँग विशेष नगरसभा बोलाउन माग गरिएको छ । माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी महता बोहरा सहित कार्यपालिका र नगरसभाका बहुमत सदस्यले बिहिबार नगर प्रमुख भरत बडायर जोशीलाई मागपत्र बुझाउदै यथासिघ्र बिशेष नगरसभा बोलाउन लिखित माग गरेका हुन । 

नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट ब्यापक छलफलका बिच सर्बसम्मत रुपमा बजेट पारित गरिएको भएपनि हाल प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएकाले नगरसभा र कार्यापालिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण भएकाले नगरप्रमुख जोशीलाई मागपत्र बुझाइएको उपप्रमुख बिमला कुमारी महता बोहराले जानकारी गराउनु भएको छ । 

‘स्थानीय सरकारको सर्वोच्च निकाय र विधायिकी अधिकार समेत भएको नगरसभाको निर्णयविपरीत भएको बजेटमाथिको हेरफेर तुरुन्त सच्याउन ध्यानाकर्षण गर्दछौं मागपत्रमा उल्लेख गरिएको छ ‘साथै स्थानीय सरकार संचालन ऐन बमोजिम अविलम्ब विशेष नगरसभाको आयोजना गर्न अनुरोध गर्दछौं । कार्यपालिकामा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने बहुमत कार्यपालिका सदश्य बजेटको बिपक्षमा उभिएपछि बिबाद सिर्जना भएको छ ।

नगरपालिकामा नेपाली काँग्रेसले नगर प्रमुख सहित ५ वडाध्यक्ष जित्दा माओवादीले उपाध्यक्ष सहित ७ वडाध्यक्ष जितेको थियो ।  विशेष नगरसभा नबोलाए बजेट संशोधनका लागि अन्य बाटोबाट अघि बढ्ने कार्यपालिका र नगरसभा सदस्यहरूले चेतावनी दिएको उपप्रमुख महताले बताउनु भएको छ । 



२०८० असोज ४ २०:४६ बजे

प्रतिक्रिया